२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पोखरा-१८ मा ३ मतले चुनाव हारेका थापाले हाले मुद्दा



पोखरा । पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।

उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् ।

यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ ।

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनस् गणनाको माग सहित निवेदन दिएका थिए । तर पुनः गणना हुन सकेन ।

ञहारजित स्वभाविक हो । लोकतन्त्रमा निर्णय मान्नुपर्छ,झ उनले भने, ञतर खसेको मत त देखाउनुपर्यो नि । खसेको ९ मतको जवाफ चाहियो । उनले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाको माग राखेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ४ : ३३ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच