३ आश्विन २०८३, शनिबार | September 19, 2026

लमजुङमा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र संचालन



लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा प्राकृतिक उपचार केन्द्र सञ्चालन भएको छ । मर्स्याङदी-४ ताघ्रिङका सुमन गुरुङले बेसीशहर–८ स्थित सेराकुनामा प्राकृतिक योग तथा रेकी उपाचार केन्द्र संचालन गरेका हुन् ।

रेकी उपचारको मद्दतले तनाव कम गर्नुका साथै शरीर शान्त पार्न सकिने उपचार केन्द्र सञ्चालक सुमन गुरुङले बताए । विशेष गरी डिप्रेशन, माइग्रेसन तथा शारिरिक समस्या भएका व्यक्तिको रेकी पद्दतीबाट उपचार गरिने गुरुङको भनाइ छ ।

सो बाहेक धुम्रपान, मध्यपान एवं विभिन्न कुलतबाट छुटकारा पाउन, डर, चिन्ता, तनावबाट मुक्त भई सकरात्मक सोचको विकास गर्न, आत्मबल बढाउन, शारिरिक तौल घटाउन रेकी अभ्यास गरिने सञ्चालक गुरुङले बताए । बालबालिकालाई मोबाइलको लतबाट छुटकारा दिलाउन पनि रेकी पद्दती उत्तम हुने गुरुङको भनाइ छ ।

प्राकृतिक उपचार तथा रेकी एक जापानी पद्दती हो । रेकी विशेषज्ञका अनुसार यस प्रक्रियाबाट विशेष उर्जा शरीरभित्र संचार गराउन सकिन्छ । यसले शारीरिक, मानसिक, भावनात्मक एवं आध्यात्मिक रुपमा शान्त र आनन्दित तुल्याउँछ । चिन्ता, तनाव, डिप्रेसन नियन्त्रण गर्न सहयोग गर्छ । यसैगरी हृदय रोग, बाँझोपन, क्रोन रोग आदिमा समेत रेकी लाभदायक हुने विशेषज्ञको भनाइ छ ।

बेसीशहरमा सञ्चालित सो प्राकृतिक उपचार केन्द्रमा प्रत्येक बिहान समूहगत रुपमा उपचार गरीने सञ्चालकले बताएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ६ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको