६ बैशाख २०८१, बिहिबार | April 18, 2024

संसद बैठक : बजेटमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्मा



काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने छन् ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरुले बजेटमाथि आ-आफ्नो धारणा राखेका थिए ।

एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ७ : ४५ बजे

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

२९ औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

चितवन । चितवनमा जारीे २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज