३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

‘हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव’ : वायुसेवा सञ्चालक सङ्घ



काठमाडौं । नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ ।

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो ।

हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।

एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउँछन् । नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उनको भनाइ छ ।

हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको बताइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ११ : १५ बजे

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । सिंहदरबास्थित

संसदमा उपस्थित हुन प्रधानमन्त्री बालेन्द्र आज पनि अनिच्छुक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज पनि संसद बैठकमा सहभागी

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

सगरमाथा आरोहण मार्ग खुला

काठमाडौँ । यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

पोखरा । कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल