१६ बैशाख २०८३, बुधबार | April 30, 2026

विश्व साइकल दिवसमा बुटवलमा साइकल र्‍याली



बुटवल । बुटवलका साईकिलेहरुको अगुवाईमा बुटवलमा विश्व साइकल दिवस मनाइएको छ । दिवसको अवसरमा बृहत् सचेतनामुलक साईकल रयाली गरेर बुटवलमा विश्व साइकल दिवस मनाइएको हो ।

कालिका मानव ज्ञान मावि परिसरबाट शुरु भएको र्‍याली न्यु होराईजन चोक, तिनकुने, पारी बुटवल जलबिनायक, गोलपार्क, ट्राफिक चोक, रामनगर, बेशक्याम्प, राजमार्ग चौराहा, मणिग्राम हुँदै योगीकुटी पुगेर समापन गरिएको छ । रयालीमा सहभागी साएकिलर्सहरुको साइकलमा साइकल चलाऔं-वातावरण जोगाऔं, पृथ्वी तातिरहेको छ यसलाई रोक्ने एउटै उपाय साइकल जिवनशैली, सामाजिक एकताको अभियान-साइकल अभियान, पेट्रोल खपत र‍ोकौ-आफ्नो दैनिकीमा साइकलको प्रयोग बढाओं, हरियाली बढाऔं-साइकल चलाऔं, साइकलको चेन झै जोड्छ-साइकिलेहरुबिच भावनात्मक सम्बन्ध, नियमित साइकल चलाऔं-पेट्रोलको खर्चले घरधन्दा चलाऔं, साइकिलेको सुरक्षा-साइकल लेन आजको आवश्यकता जस्ता स्लोगनहरु सहितका प्लेकार्ड टाँसिएका थिए।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै सदस्य सचिव भट्टराईले खेल र मानव स्वस्थ्य एकअर्काको परिपुरक भएको बताए। खेलले एउटा ब्यक्तिलाई अनुसासन र स्वस्थ्य जिवनशैली जिउन सिकाउने दाबी गर्दै खेल भावना विकासमा लाग्न सुझाव दिए। साइक्लिङ खेललाई पर्यटनसंग जोड्ने गरि लुम्बिनीमा प्रदेश सरकारले योजना बनाएको भन्दै आगामी बजेटमा सम्बोधन गर्ने उनले बताए।

बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले साइकल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने गरि आफुहरु निरन्तर लागेको बताए। पेट्रोलियम पदार्थको कम खपतका लागि साईकल जिवनशैलि अपनाउन उपयुक्त हुने उनको सुझाव छ।

कार्यक्रममा रुपन्देही जिल्ला साइक्लिङ संघ, नवलपरासी साइक्लिङ संघ, बुटवल युनाईटेड साइक्लिङ क्लब, ह्याप्पी साइक्लिङ क्लब, तिनाउ साइक्लिङ क्लब, बुटवल साइकल ग्रुप, साइकल सिटि बुटवलका करीब एक सय जना साइकिलेहरु सहभागी भएको कार्यक्रमका संयोजक रबिलाल सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ८ : ३२ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात