७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कालिका मानव ज्ञान विद्यालय जन्माउने देवस्थल बगैंचामा ६२ वर्षपछि सरकारी योजना



बुटवल । आफैले जन्माएको एउटा स्कुल नेपालमै चर्चाको शिखरमा पुग्दा बुटवलको एउटा कुनामा थन्किएको कुटीमा वषौंपछि बल्ल सरोकारवालाहरुको ध्यान पुगेको छ । पछिल्लो समय शैक्षिक क्षेत्रमा नेपालमा चर्चा कमाउन सफल कालिका मानव ज्ञान मावि सामुदायिक विद्यालय जन्माउने योगी कुटी वषौंदेखि ओझेलमा परेपनि अव भने कुटीले मुहार फेर्ने भएको छ ।

योगीहरुले पूजाआजा गर्ने गरेको बगैंचामा खोलिएको पाठशालाले देशमै ठुलो नाम कमाउँदा पनि पाठशालाको आरम्भ गरिएको कुटी भने ओझेलमा पर्दै आएको थियो । बिगत केही वर्षदेखि बुटवलको कालिका मानव ज्ञान माविले नेपालमा लगातार चर्चा कमाइरहेको छ । कुशल व्यवस्थापन र कर्तव्यनिष्ट शिक्षक कर्मचारी भए सरकारी विद्यालयले पनि निजी विद्यालयलाई उछिनेर नतिजा ल्याउन सक्ने रहेछ भन्ने उदाहरण पनि हो कालिका मावि ।

विद्यार्थी संख्या, व्यवस्थापन, गुणस्तरीय शिक्षाका कारण देशमा नाम कमाएको यो नमुना सामुदायिक विद्यालयको उद्गम भने एउटा योगीहरु बस्ने कुटीबाट भएको हो भन्ने कुरा धेरै कमलाई मात्र थाहा होला । जोगीहरुको कुटी नामबाट अपभ्रंस भएर योगीकुटी नामाकरण भएको मानिने एउटा बगैंंचा नै वास्तवमा कालिका मानव ज्ञान विद्यालय स्थापना भएको थियो ।

विभिन्न चाडपर्वमा देशभित्र र बाहिरबाट योगी, सन्तमहन्त, सन्यासीहरु घुम्ने क्रममा हालको योगीकुटीस्थित देवस्थल बगैचामा बास बस्ने गर्दथे । उनिहरु त्यहींबाट तिनाउ नदीमा स्नान गर्ने पूजापाठ, ईश्वरको आराधना गर्ने कार्य गर्दथे । देवस्थल बगैचा जोगीहरुको आउँदा जाँदाको बासस्थान हुने गरेकाले नै त्यस स्थानको नामा नै योगीकुटी (जोगीकुटी) रहन गएको हो । २०२० साल पहिला देश दुनिया जानेको र पढेलेखेका मान्छे निकै कम भेटिने गर्दथे । देश विदेश घुम्ने र संस्कृत भाषामा भएपनि केहि पढेका सन्त र योगीहरुबाट शिक्षा लिने प्रचलन पनि रहँदै आएको थियो । सोही सन्दर्भमा योगीहरुबाट शिक्षा पनि लिने र अन्य शिक्षा पनि पढ्ने उद्देश्यले २०१८ सालमा स्थानीय अगुवाहरुले सो बगैंचामा एउटा सानो पाठशाला खोले । विश्वशान्ति पाठशाला नामाकरण गरेर तत्कालिन समयमा बुद्धिजीविहरुले ज्ञानको ज्योती छर्ने पवित्र स्थलको सुरुवात गरे । सोही पाठशाला कालान्तरमा स्तरोन्नती हुँदै आज कालिका मानव ज्ञान विद्यालयले परिचित भएको हो ।

बगैंचामा जोगीहरुको जमघट भइरहने र स्थान पनि सानो भएपछि २०२० पछि मात्र विद्यालयलाई कालिकानगरमा स्थानान्तर गरिएको थियो । कालिका स्कुलका चर्चित पुर्व प्रधानाध्यापक घनश्याम पाठकका अनुसार तत्काल खाली जग्गा ओगटेर बसेका स्थानीबासीले आ–आफ्नो जग्गाको थोरै हिस्सा काटेर सामुहिक रुपमा विद्यालयलाई दान गरेर २ बिगाहा ६ कत्ठा जग्गामा अहिलेको विद्यालय खुलेको थियो । सुरुवातीचरणमा खुल्ला चौरमा पढाईने गरेपनि पानी परेको बेला भने स्थानीय शशिधर गौतमको गोठमा पठनपाठन गरिने गरिन्थ्यो । कालिकाका पहिलो प्रधानाध्यापक मानबहादुर गलामी मगर हुन् ।

सोही विद्यालय रहेको पुरानो स्थानमा रहेको योगिकुटीस्थित धार्मिक पर्यटकीय देवस्थल दुर्गा मन्दिरलाई धेरै समय पछि अहिले पुननिर्माण गरिन लागिएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित मुल मन्दिरको भवन जिर्ण भएपछि त्यसको पुननिर्माण हुने भएको हो । करीब ५१ लाख रुपैयाँ लागतमा मल्लकालिन कलाकौशल झल्काउने गरि मन्दिरको गुरुयोजना बनाएर पुर्वाधार निर्माण गर्न लागिएको समितिका ब्यवस्थापक महेश पौडेलले बताए । मन्दिर निर्माणमा बुटवल उपमहानगरपालिकाबाट गतवर्ष बजेटमा ८ लाख रुपैया विनियोजित गरिएको छ । गुरुयोजना अनुसार योगा सेन्टर, सभाहल लगायतको पुर्वाधार निर्माणको तयारी रहेको उनले बताए ।

विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थी ई. नारायण बहादुर गुरुङले हालको मन्दिर भएको स्थानमा आफना पुर्खाहरुले शिक्षाको ज्योती छर्ने थलोका रुपमा विकास गराएको बताए । विश्वशान्ति पाठशाला हुँदै अहिलेको कालिकानगरमा विशाल विद्यालय बन्न सफल भएको छ । शिक्षाको ज्योति फैलाउने पवित्र थलोका रुपमा रहेको सो क्षेत्रलाई भक्तपुरको नेवारी कलाशैलीमा पुननिमार्णको तयारी थालिएको उनले जानकारी दिए । उनले बगैंचालाई खुला पार्कका रुपमा राख्ने र मानिसहरुलाई आनन्द दिने वातावरण सृजना गर्ने रुपमा तयार गरिने पनि बताए ।

समितिका अध्यक्ष असोक गुरुङले शहरी क्षेत्रमा सार्वजनिक जग्गाको अभाव देखिरहेको बेला यो क्षेत्र महत्वपुर्ण रहेको बताए । बगैंचाको नामले पहिचान बनाएको यो स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने उनले बताए । मन्दिरलाई जिर्णोद्धारसंगै पुनस्थापना गर्न लागिएको उनले बताए ।

देवस्थल मन्दिर संचालक समितिका सचिव कमल नेपालले बिस २०१७ सालमा स्थापना भएको मन्दिरको करिब ८ कठ्ठा ७ धुर क्षेत्रफल रहेको बताए । १७ साल यता मन्दिरको निर्माण र मरमत सम्भारमा स्थानीय निकायबाट बजेटसहित काम अगाडि बढेको यो नै पहिलो भएको व्यवस्थापकहरुले बताएका छन् । मन्दिरको मुख्य आम्दानीका रुपमा डेढ दर्जन बढि व्यवसायिक भवनका सटरहरु छन्। हाल मन्दिरको ३५ जना आजिवन सदस्य र १ सय ५१ साधारण सदस्य रहेको छ ।

विद्यालय जन्माउने बगैंचाको र मन्दिरको जिर्णोद्वार गर्न थालिनु राम्रो कुरा भएको कालिकाका पूर्व प्रधानाध्यापक पाठकले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ७ : ०० बजे

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन

शुद्ध नेपाली अर्गानिक चलचित्र हो ‘मनसरा’ : निर्देशक सुब्बा

बुटवल । जारी चलचित्रको सफलतापछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको