७ आश्विन २०८३, बुधबार | September 23, 2026

कालिका मानव ज्ञान विद्यालय जन्माउने देवस्थल बगैंचामा ६२ वर्षपछि सरकारी योजना



बुटवल । आफैले जन्माएको एउटा स्कुल नेपालमै चर्चाको शिखरमा पुग्दा बुटवलको एउटा कुनामा थन्किएको कुटीमा वषौंपछि बल्ल सरोकारवालाहरुको ध्यान पुगेको छ । पछिल्लो समय शैक्षिक क्षेत्रमा नेपालमा चर्चा कमाउन सफल कालिका मानव ज्ञान मावि सामुदायिक विद्यालय जन्माउने योगी कुटी वषौंदेखि ओझेलमा परेपनि अव भने कुटीले मुहार फेर्ने भएको छ ।

योगीहरुले पूजाआजा गर्ने गरेको बगैंचामा खोलिएको पाठशालाले देशमै ठुलो नाम कमाउँदा पनि पाठशालाको आरम्भ गरिएको कुटी भने ओझेलमा पर्दै आएको थियो । बिगत केही वर्षदेखि बुटवलको कालिका मानव ज्ञान माविले नेपालमा लगातार चर्चा कमाइरहेको छ । कुशल व्यवस्थापन र कर्तव्यनिष्ट शिक्षक कर्मचारी भए सरकारी विद्यालयले पनि निजी विद्यालयलाई उछिनेर नतिजा ल्याउन सक्ने रहेछ भन्ने उदाहरण पनि हो कालिका मावि ।

विद्यार्थी संख्या, व्यवस्थापन, गुणस्तरीय शिक्षाका कारण देशमा नाम कमाएको यो नमुना सामुदायिक विद्यालयको उद्गम भने एउटा योगीहरु बस्ने कुटीबाट भएको हो भन्ने कुरा धेरै कमलाई मात्र थाहा होला । जोगीहरुको कुटी नामबाट अपभ्रंस भएर योगीकुटी नामाकरण भएको मानिने एउटा बगैंंचा नै वास्तवमा कालिका मानव ज्ञान विद्यालय स्थापना भएको थियो ।

विभिन्न चाडपर्वमा देशभित्र र बाहिरबाट योगी, सन्तमहन्त, सन्यासीहरु घुम्ने क्रममा हालको योगीकुटीस्थित देवस्थल बगैचामा बास बस्ने गर्दथे । उनिहरु त्यहींबाट तिनाउ नदीमा स्नान गर्ने पूजापाठ, ईश्वरको आराधना गर्ने कार्य गर्दथे । देवस्थल बगैचा जोगीहरुको आउँदा जाँदाको बासस्थान हुने गरेकाले नै त्यस स्थानको नामा नै योगीकुटी (जोगीकुटी) रहन गएको हो । २०२० साल पहिला देश दुनिया जानेको र पढेलेखेका मान्छे निकै कम भेटिने गर्दथे । देश विदेश घुम्ने र संस्कृत भाषामा भएपनि केहि पढेका सन्त र योगीहरुबाट शिक्षा लिने प्रचलन पनि रहँदै आएको थियो । सोही सन्दर्भमा योगीहरुबाट शिक्षा पनि लिने र अन्य शिक्षा पनि पढ्ने उद्देश्यले २०१८ सालमा स्थानीय अगुवाहरुले सो बगैंचामा एउटा सानो पाठशाला खोले । विश्वशान्ति पाठशाला नामाकरण गरेर तत्कालिन समयमा बुद्धिजीविहरुले ज्ञानको ज्योती छर्ने पवित्र स्थलको सुरुवात गरे । सोही पाठशाला कालान्तरमा स्तरोन्नती हुँदै आज कालिका मानव ज्ञान विद्यालयले परिचित भएको हो ।

बगैंचामा जोगीहरुको जमघट भइरहने र स्थान पनि सानो भएपछि २०२० पछि मात्र विद्यालयलाई कालिकानगरमा स्थानान्तर गरिएको थियो । कालिका स्कुलका चर्चित पुर्व प्रधानाध्यापक घनश्याम पाठकका अनुसार तत्काल खाली जग्गा ओगटेर बसेका स्थानीबासीले आ–आफ्नो जग्गाको थोरै हिस्सा काटेर सामुहिक रुपमा विद्यालयलाई दान गरेर २ बिगाहा ६ कत्ठा जग्गामा अहिलेको विद्यालय खुलेको थियो । सुरुवातीचरणमा खुल्ला चौरमा पढाईने गरेपनि पानी परेको बेला भने स्थानीय शशिधर गौतमको गोठमा पठनपाठन गरिने गरिन्थ्यो । कालिकाका पहिलो प्रधानाध्यापक मानबहादुर गलामी मगर हुन् ।

सोही विद्यालय रहेको पुरानो स्थानमा रहेको योगिकुटीस्थित धार्मिक पर्यटकीय देवस्थल दुर्गा मन्दिरलाई धेरै समय पछि अहिले पुननिर्माण गरिन लागिएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित मुल मन्दिरको भवन जिर्ण भएपछि त्यसको पुननिर्माण हुने भएको हो । करीब ५१ लाख रुपैयाँ लागतमा मल्लकालिन कलाकौशल झल्काउने गरि मन्दिरको गुरुयोजना बनाएर पुर्वाधार निर्माण गर्न लागिएको समितिका ब्यवस्थापक महेश पौडेलले बताए । मन्दिर निर्माणमा बुटवल उपमहानगरपालिकाबाट गतवर्ष बजेटमा ८ लाख रुपैया विनियोजित गरिएको छ । गुरुयोजना अनुसार योगा सेन्टर, सभाहल लगायतको पुर्वाधार निर्माणको तयारी रहेको उनले बताए ।

विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थी ई. नारायण बहादुर गुरुङले हालको मन्दिर भएको स्थानमा आफना पुर्खाहरुले शिक्षाको ज्योती छर्ने थलोका रुपमा विकास गराएको बताए । विश्वशान्ति पाठशाला हुँदै अहिलेको कालिकानगरमा विशाल विद्यालय बन्न सफल भएको छ । शिक्षाको ज्योति फैलाउने पवित्र थलोका रुपमा रहेको सो क्षेत्रलाई भक्तपुरको नेवारी कलाशैलीमा पुननिमार्णको तयारी थालिएको उनले जानकारी दिए । उनले बगैंचालाई खुला पार्कका रुपमा राख्ने र मानिसहरुलाई आनन्द दिने वातावरण सृजना गर्ने रुपमा तयार गरिने पनि बताए ।

समितिका अध्यक्ष असोक गुरुङले शहरी क्षेत्रमा सार्वजनिक जग्गाको अभाव देखिरहेको बेला यो क्षेत्र महत्वपुर्ण रहेको बताए । बगैंचाको नामले पहिचान बनाएको यो स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने उनले बताए । मन्दिरलाई जिर्णोद्धारसंगै पुनस्थापना गर्न लागिएको उनले बताए ।

देवस्थल मन्दिर संचालक समितिका सचिव कमल नेपालले बिस २०१७ सालमा स्थापना भएको मन्दिरको करिब ८ कठ्ठा ७ धुर क्षेत्रफल रहेको बताए । १७ साल यता मन्दिरको निर्माण र मरमत सम्भारमा स्थानीय निकायबाट बजेटसहित काम अगाडि बढेको यो नै पहिलो भएको व्यवस्थापकहरुले बताएका छन् । मन्दिरको मुख्य आम्दानीका रुपमा डेढ दर्जन बढि व्यवसायिक भवनका सटरहरु छन्। हाल मन्दिरको ३५ जना आजिवन सदस्य र १ सय ५१ साधारण सदस्य रहेको छ ।

विद्यालय जन्माउने बगैंचाको र मन्दिरको जिर्णोद्वार गर्न थालिनु राम्रो कुरा भएको कालिकाका पूर्व प्रधानाध्यापक पाठकले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ७ : ०० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई