७ आश्विन २०८३, बुधबार | September 23, 2026

रोहिणी बस दुर्घटना : थप १ जना मृतककोे सनाखत



काठमाडौं । रुपन्देहीको रोहीणी गाउँपालिका–३ स्थित भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणाी पुलमा बस दुर्घटनामा मृत्यु भएका मध्य थप १ जनाको सनाखत भएको छ ।

९ जनाको मृत्यु हुने गरि भएको दुर्घटनामा परि तिलोत्तमा ८ की ३७ बर्षिया तुलसी बस्यालको थप सनाखत भएको प्रहरीले जनाएको छ । ३ जना मृतकको अझै सनाखत हुन सकेको छैन ।

मृतकमध्ये रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा २ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको यस अघि सनाखत भएको थियो ।

रुपन्देहीका प्रहरी प्रवक्ता नायव प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार आज बिहान करिब ४ः४५ बजे बस दुर्घटना भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नं।बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

डीएसपी पौडेलका अनुसार मृत्यु हुनेमा १ महिला र ८ पुरुष छन् । बसका चालक निदाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १० : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई