१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

मौमसबारे जानकारी गराउन नेपालमा ‘कमन अलर्ट प्रोटोकल सिस्टम’ विकास गर्नुपर्छ : कमलराम जोशी



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले नेपालमा ‘कमन अलर्ट प्रोटोकल सिस्टम’ विकास गर्नुपर्ने बताएका छन् ।

आगामी दिनमा पानी पर्ने वा नपर्ने भन्ने बारेमा जनतालाई सुसुचित गराउन आम नागरिकमाझ एकैपटक सूचना प्रवाह हुने प्रणाली विकास गर्नुपर्ने आवश्यक्ता रहेको बताए । महानिर्देशक जोशीले सबैसमक्ष एकैपटक सूचना प्रवाह हुने प्रणाली संसारका केही मुलुकमा आइसकेकोले अबका दिनमा नेपालमा पनि त्यो प्रणालीको विकास गरेर जनतालाई सम्भावित प्राकृतिक विपदबाट जोगाउनु पर्ने बताए । उनले अबका दिनमा राज्यले आम नागरिकलाई पानी पर्दैछ भन्ने जानकारीका साथै त्यसबाट हुने क्षतिको पूर्व आँकलन गरेर त्यसको बारेमा सचेत गराउनु पर्ने धारण राखे । महानिर्देशक जोशीले यसको व्यवस्थित विकास गर्न जल तथा मौसम विज्ञान विभाग, विपद न्यूनिकरण प्राधिकरण, सुरक्षा निकाय लगायतका सबै सरोकार निकायहरुको समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

जोशीले भने, ‘अब हामीले जनतालाई के गर्न सक्नुप-यो भन्दा पानी पर्छ भन्ने मात्रै होइन, पानी परेर यसले कतिसम्म विनाश निम्त्याउन सक्छ । वा पानी परेर बाढी आउँछ, त्यसले गर्नसक्ने विनाशको परिणाम के हुनसक्छ भनेर त्यो प्रभाव बुझाउन सक्नुपर्छ । अर्को कुरा सबैले बुझने, जान्ने र सबै सूचना प्रणालीबाट एकैपटक सूचना प्रवाह हुने प्रणाली डेभलप भएको छ, अन्तर्राष्ट्रिय स्तरमा त्यसलाई कमन अलर्ट प्रोटोकल भन्छन, सायद हामी बिस्तारै कमन अलर्ट प्रोटोकलमा गयो भने जतिसुकै विशेष कार्यक्रम चलेको होस, विशेष परिस्थितिमा त्यो सूचना जनतासमक्ष प्रवाह हुने एउटा मेकानिजम डेभलप गर्नुपर्ने हुन्छ । यससम्बन्धि विभिन्न निकायहरु जल तथा मौसम विज्ञान विभाग, विपद न्यूनिकरण प्राधिकरण, सुरक्षा निकाय लगायतका सबै सरोकार निकायहरुको समन्वय र सहकार्यमा कार्य गर्नुपर्छ । जल तथा मौसमको कुनै पोल्टिकल बाउण्ड्री हुँदैन । यसलाई कुनै देश भन्न मिल्दैन । किनभने चीनमा हुने वर्षाले नेपालमा बाढी ल्याउँछ, नेपालमा परेको वर्षाले भारतमा बाढी ल्याउँछ । यसको पूर्वानुमान गर्दा कुनै प्वाइन्ट स्पेसिफिक भन्दा पनि क्षेत्रगत विशेष भएर गर्नुपर्ने अवस्था हुन्छ । आजको दिनमा नेपालमा हामीले क्षेत्रगत विशेष हिमाल, पहाड, तराई र प्रादेशिक आधारमा पूर्वानुमान गर्दै आइरहेका छौँ ।’

महानिर्देशक जोशीले नेपालमा अहिले कुनै स्थान विशेष भन्दा पनि क्षेत्रगत विशेष भएर मौसमसम्बन्धी पूर्वानुमान गरिएको बताए । उनले नेपालमा अहिले क्षेत्रगत विशेष हिमाल, पहाड, तराई र प्रादेशिक आधारमा पूर्वानुमान गर्दै आएको स्पष्ट पारे । अहिले नेपालमा मनसुन प्रवेश भइनसकेपनि मनसुनी गतिविधिका कारण मौसम बदली र वर्षा भइरहेको छ । अबको केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने विज्ञहरुले बताएका छन । मनसुन देशको पूर्वीभेगबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ३ : २६ बजे

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लोपटक कान्तिपुर सेभिङ र

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा