१४ चैत्र २०८२, शनिबार | March 28, 2026

मुगुमा विद्यालयमा शिक्षक नबस्दा पठनपाठन प्रभावित



मुगु । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका– २ स्थित जनजागृति प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालयमा दुई जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा एक जना मात्र शिक्षकले अध्यापन गराइरहँदा विद्यार्थीले सहज रूपमा शिक्षा लिन पाएका छैनन् ।

२०२८ सालमा स्थापना भएको विद्यालय पछिल्लो समय सो विद्यालयमा दुई जना शिक्षकको दरबन्दी भए पनि हाल एक जना शिक्षकले मात्र अध्यायन अध्यापन गराइरहेका छन् । भएका शिक्षक पनि बिद्यालयमा नबस्दा यस बिद्यालयमा अध्यायनरत रहेका २७ जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो । विद्यालयमा नियमित शिक्षकहरू उपस्थिती नहुँदा लाखौँ मूल्यका सात कोठे भवन निमार्ण प्रयोगविहीन भएका छन् ।

करिब चार सय घरधुरी रहेको मुगुम गाउँमा लामा, तामाङ र दलित समुदायको बसोबास छ । त्यहाँ एउटा मात्र प्राथमिक विद्यालय छ ।
निम्न आयका भएका परिवारका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा अध्यायपन गराउन शिक्षक नियमित नबस्ने भएकाले पठनपाठनमा समस्या भएको अभिभावकको गुनासो छ ।

शिक्षक नियमित नबस्ने भएकाले घोडा, चौंरी, गोठालो पठाउनु परेको अभिवावक उगिर्न कामीले बताए । हिमाली बस्ती भएको कारण ६ महिना पढाई हुने गरेको विद्यालयले जनाएको छ । अहिले यार्सा संकलन गर्ने सिजन भएको हुँदा केही विद्यार्थी यार्सा संकलनमा गएको र शिरानिचौरमा गाउँपालिकासँग सहकार्य गरेर पढाउने गरेको जनजाग्रती प्राथामिक बिद्यालयका प्रधानध्यापक पासाङ लामाले बताए ।

अब आउँदा दिनहरूमा मुगु गाँउमा रहेको बिद्यालय र चितैमा रहेको बिद्यालयमा अध्यायन गर्ने वालबालिकाहरुको लागि भविष्य सुधारको लागि केही नयाँ स्वरुपले जनप्रतिनिधिहरूसँग सहकार्य गरेर जाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ११ : ३४ बजे

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी