५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कालीले नचाए काठमाडौं



काठमाडौं । कोभिड महामारीपछि पहिलोपटक गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले काठमाडौंमा आफ्नो प्रस्तुति दिएका छन् । गत शनिबार दरबारमार्गस्थित क्लब प्लाटिनममा उपस्थित उनले ‘कालीप्रसाद बासकोटा लाइभ’मा आफ्ना लोकप्रिय गीत सुनाए ।

कालीले आफ्नो प्रस्तुति दिनुअघि गायक उदिपध्वज थापाले गीत गाउँदा उनलाई गितारमा चन्दनध्वज केसीले गितार तथा स्वर र पुरस्कार खड्काले गितारमा साथ दिएका थिए ।

रातिको ११ बजे स्टेजमा देखिएका कालीले ‘हेराईका थलहरु’सहित कुल ११ वटा आफ्ना गीत गाएका थिए । उनले ‘साइली’, ‘नाँचन मैया नाँचन’ गीत गाउँदा उनको गीत सुन्न अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, संगीतकार न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी, निर्देशक अनमोल गुरुङ, हेमराज बिसी, गायक सनुप पौडेल र निर्देशक आसिफ शाह उपस्थित थिए ।

कार्यक्रममा निश्चलले कालीसँगै फिल्म ‘कबड्डी कबड्डी’को ‘नाँचन मैया नाँचन’ बोलको गीत गाएका थिए ।

यसै महिना नयाँ गीत ल्याउन लागेका गायक उदिपध्वजले एकै स्टेजमा कालीसँगै गीत गाउन पाउँदा खुशी लागेको बताए । पोजेटिभ भाइब्स इन्टरटेनमेन्टका प्रस्तुति र सुमन एम श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा दर्शक निकै रमाएका थिए ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ३ : ५४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं