७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्दै, २ सातामै १२ हजार ७ सय ७० भारतीय पर्यटक आए



भैरहवा । कोभिडले शून्य अवस्थामा पु-याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तब्य पनि लुम्बिनी बन्दै गएको छ । यही जेठ २ गते मोदी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आएका थिए ।

त्यस यता मात्र लुम्बिनी आएर १२ हजार ७ सय ७० भारतीय पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन् । भारतीय पर्यटक मात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको ग्राफ पनि बढेको छ ।

लुम्बिनी विकास कोषले दिएकोे तथ्याङ्कअनुसार मे महिना ९१८ वैशाखदेखि १७ जेठसम्म०मा मात्र ७ सय ८२ जना पर्यटक विभिन्न ५१ वटा तेस्रो मुलुकबाट र ८६ हजार २ सय ४६ जना आन्तरिक पर्यटकले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बनी घुम्न आएका पर्यटक पनि थुप्रै छन् ।

तथ्याङ्कअनुसार पछिल्लो दुई वर्षमा भारतीय पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२० मा भारतबाट मात्रै ३७ हजार २ सय ६ जनाले लुम्बिनीको दर्शन गरे । यो सङ्ख्या २०२१ मा बढेर ४३ हजार ७ सय ३२ पुग्यो ।

कोभिडको जोखिम कम हुँदै गएपछि विस्तारै पर्यटन व्यवसाय चलायमान जाँदा पर्यटकको चहलपहल बढ्न थालेको हो ।सोही कारण पछिल्लो पाँच महिना अर्थात् २०२२ को मे महिनासम्म ६९ हजार ७ सय ७५ भारतीय पर्यटक लुम्बिनी आए ।

भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो पाइएको छ । सन् २०२१ मा एक हजार १९७ जनामा मात्र तेस्रो मुलुकको पर्यटक भएकामा सन् २०२२ को पाँच महिनामा दुई हजार ७३७ पुगेको छ ।

विदेशी पर्यटकहरू अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइलेण्ड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् । विगतका वर्षमा श्रीलङ्कन पर्यटक आउने गरे पनि अहिले भने उक्त देशबाट पर्यटक आउने सङ्ख्यामा भारी घिरावट आएको छ ।

लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२० मा दुई लाख १० हजार ३३ जना नेपालीले लुम्बिनी भ्रमण गरेकोमा सन् २०२१ मा चार लाख ६३ हजार ९ सय ६३ जनाले भ्रमण गरे ।

यस वर्ष २०२१ को मे सम्म पाँच महिनाको अवधिमा मात्रै दुई लाख ८९ हजार ५ सय ९४ जना स्वदेशी पर्यटक लुम्बिनी आएका छन् । यो तथ्याङ्क भने रुपन्देही, कपिलवस्तु र नवलपरासीबाहेकका पर्यटकको सङ्ख्या हो ।

कोषले आन्तरिक पर्यटकका लागिसमेत टिकटको व्यवस्था गरेको छ । रुपन्देही, नवलपरासी र कपिलवस्तुबाहेक जिल्लाका आन्तरिक पर्यटकहरूबाट पनि प्रवेश शुल्क कोषले लिने गरेको छ ।

नेपाली विद्यार्थीहरूलाई भने ५० प्रतिशत सहुलियतमा टिकट दिने गरेका कोषले जनाएको छ । कोषका अनुसार बुद्धप्रतिको आस्था बढ्दै गएकाले उनको जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर आउने दर्शनार्थीहरूको सङ्ख्या बढ्दै गएको हो ।

लुम्बिनीमा ध्यानसम्बन्धी देशव्यापी कार्यक्रम हुने गरेको छ । त्रिपिटक च्यान्टिङ्गलगायत आध्यात्मिक कार्यक्रमसँगै अन्य कार्यक्रम पनि यहाँ हुने गरेको छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलले पनि बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ८ : ५१ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी