३ आश्विन २०८३, शनिबार | September 19, 2026

लिङ्कन विश्वविद्यालयको आयोजनामा शिक्षण सिकाई कार्यशाला सम्पन्न



काठमाडौं । लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका कार्यकारी सम्मिलित शिक्षण सिकाई कार्यशाला मलेशियामा सम्पन्न भएको छ ।

लिङ्कन विश्वविद्यालयले आयोजना गरेको शिक्षण सिकाई कार्यशालामा सहभागी हुन नेपालका सम्बन्धन प्राप्त ११ कलेजका कार्यकारीहरु सहभागिता जनाएका छन् । नेपालमा सञ्चालन भएका ११ कलेजका १६ जना कार्यकारीहरु उक्त सम्मेलनमा सहभागी भएका हुन् ।

३१ मे देखि १ जुन २०२२ सम्म संचालन भएको कार्यक्रमममा शिक्षण सिकाई सम्बन्धी, शिक्षण सिकाइमा आधुनिक प्रयोग, नतिजामुखी शिक्षण विधि (Outcome Based Education,OBE) तथा ब्लूमट्यक्सोनोमी (Bloom Taxonomy) लगायतका विषयवस्तुमा प्रशिक्षण प्रदान गरिएको थियो । जुन विधिलाई संसारमै उत्कृष्ठ शिक्षण सिकाइको विधिको रूपमा लिइन्छ ।

उक्त कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका अध्यक्ष प्रोफेसर डाक्टर अमिया भौमिकले गरेका थिए साथै विश्वविद्यालयका प्रो.कुलपति प्रोफेसर दातुकडा.हजाह विविफ्लरिना अब्दुल्लाह, प्रो.दतिनडा.हफिज चेहसन, प्रो.डा.अविजितघोष, ए.प्रो.डा. लुबाना, ए.प्रो.डा.मिदुन, डा.राजगोपाल लगायतका विशिष्ट व्यक्तिहरूको प्रशिक्षणमा कार्यशाला सम्पन्न भएको थियो ।

कार्यक्रमको अन्त्यमा विश्वविद्यालयका अध्यक्षद्वारा उक्त कार्यशालाका बिषयवस्तुमा नेपालमा पनि नयाँ खालका कार्यशाला सञ्चालनको प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ४ : ४१ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज