२० मंसिर २०८२, शनिबार | December 6, 2025

लिङ्कन विश्वविद्यालयको आयोजनामा शिक्षण सिकाई कार्यशाला सम्पन्न



काठमाडौं । लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका कार्यकारी सम्मिलित शिक्षण सिकाई कार्यशाला मलेशियामा सम्पन्न भएको छ ।

लिङ्कन विश्वविद्यालयले आयोजना गरेको शिक्षण सिकाई कार्यशालामा सहभागी हुन नेपालका सम्बन्धन प्राप्त ११ कलेजका कार्यकारीहरु सहभागिता जनाएका छन् । नेपालमा सञ्चालन भएका ११ कलेजका १६ जना कार्यकारीहरु उक्त सम्मेलनमा सहभागी भएका हुन् ।

३१ मे देखि १ जुन २०२२ सम्म संचालन भएको कार्यक्रमममा शिक्षण सिकाई सम्बन्धी, शिक्षण सिकाइमा आधुनिक प्रयोग, नतिजामुखी शिक्षण विधि (Outcome Based Education,OBE) तथा ब्लूमट्यक्सोनोमी (Bloom Taxonomy) लगायतका विषयवस्तुमा प्रशिक्षण प्रदान गरिएको थियो । जुन विधिलाई संसारमै उत्कृष्ठ शिक्षण सिकाइको विधिको रूपमा लिइन्छ ।

उक्त कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका अध्यक्ष प्रोफेसर डाक्टर अमिया भौमिकले गरेका थिए साथै विश्वविद्यालयका प्रो.कुलपति प्रोफेसर दातुकडा.हजाह विविफ्लरिना अब्दुल्लाह, प्रो.दतिनडा.हफिज चेहसन, प्रो.डा.अविजितघोष, ए.प्रो.डा. लुबाना, ए.प्रो.डा.मिदुन, डा.राजगोपाल लगायतका विशिष्ट व्यक्तिहरूको प्रशिक्षणमा कार्यशाला सम्पन्न भएको थियो ।

कार्यक्रमको अन्त्यमा विश्वविद्यालयका अध्यक्षद्वारा उक्त कार्यशालाका बिषयवस्तुमा नेपालमा पनि नयाँ खालका कार्यशाला सञ्चालनको प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ४ : ४१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय