१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

निर्वाचित भएलगत्तै एक पालिका अध्यक्ष सहित ३ वडा अध्यक्ष निलम्बनमा



काठमाडौं । बिभिन्न पालिकाका जनप्रतिनिधिहरु निर्वाचित भएसँगै निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विचाराधिन मुद्दामा परेका जनप्रतिनिधिलाई निलम्बनमा राख्न पत्राचार गरेसँगै निर्वाचित भएसँगै उनीहरु निलम्बनमा परेका हुन् ।

अख्तियारले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न निर्देशन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेको जनाएको हो ।

अख्तियारका अनुसार निलम्बनमा पर्नेहरुमा कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्याय, मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी, अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल र नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारी रहेका छन् ।

अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई लेखेको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका अवस्थामा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएकाले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  १० : ३५ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा