१४ पुस २०८२, सोमबार | December 29, 2025

विङ्गर दुर्घटनामा १ जनाको मृत्यु, १० जना घाइते



सप्तरी । सप्तरीको रूपनी गाउँपालिका-५ को मुसहरनियाँ बसविट्टीमा विङ्गर दुर्घटना हुँदा ६८ वर्षीया तारावतीदेवी यादवको मृत्यु भएको छ । दुर्घटनामा परी विङ्गरमा सवार १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार प्र ३- ००१ ज ०२७७ नम्बरको उक्त विङ्गर राजविराज-रुपनी सडक खण्डमा राजविराजतर्फ जाँदै थियो ।

विङ्गर दुर्घटना हुँदा जिल्लाकै रुपनी गाउँपालिका-१ नकटीरायपुर घर भएकी ६८ वर्षीया यादव गम्भीर घाइते भएकी थिइन् ।

उपचारको क्रममा उनको गजेन्द्रनाराणि सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रवक्ता काफ्लेले बताए ।

दुर्घटनामा परी घाइते भएकाहरूमा रुपनी-२ कि ३० वर्षीया निर्मलादेवी मण्डल, ३ कि ३२ वर्षीया गौरी मण्डल, सोही वडाका ३४ वर्षीय रामाकुमार साह घाइते भएका छन् ।

जिल्लाकै शम्भुनाथ नगरपालिका-६ कठौनाका ४५ वर्षीया बिलेवतीदेवी साह, वडा नम्बर-११ का ५६ वर्षीय रामनारायण चौधरी, डाक्नेश्वरी नगरपालिका-१ कि ३३ वर्षीया लीलादेवी सदा, सोही ठाउँका ३४ वर्षीय धर्मेन्द्र सदा पनि दुर्घटनामा घाइते भए ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार दुर्घटनामा सिरहाको कर्जनहा नगरपालिका-८ का ३६ वर्षीय ओमनरायण पासवान, ३१ वर्षीया पत्नी इन्द्रदेवी पासवान र उनका सात वर्षीय छोरा आनन्द पासवान सोही दुर्घटजामा परी घाइते भएका छन् ।

घाइतेहरूको गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ७ : ४७ बजे

जेसर्ट बुटवलको ७ औँ वार्षिक भेला सम्पन्न, उत्कृष्ट परामर्शदाता र संस्थाहरू सम्मानित

बुटवल । वैदेशिक अध्ययनका लागि जापान जाने विद्यार्थीहरूका लागि भाषा

समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले

राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न

युवाहरुलाई प्रचण्डको आग्रह – शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा या राष्ट्रीय सभामा