३१ भदौ २०८३, बुधबार | September 17, 2026

एसियाली खेलकुदको पूर्व तयारी : प्रथम चरणको विशेष प्रशिक्षण आजदेखि सुरुहुने



काठमाडौं । चीनको हाङझावमा हुने एसियाली खेलकुदलाई लक्षित गरी खेलाडीको पहिलो चरणको विशेष प्रशिक्षण बुधबार (आज) देखि सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले विशेष प्रशिक्षणको त्रिपरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले सम्बन्धित खेलका समन्वयकर्तालाई खेल सामाग्री पनि हस्तान्तरण गरेका थिए ।

खेलाडीको क्षमता र कौशल अभिबृद्धि गर्नुका साथै वैज्ञानिक विधिबाट प्रशिक्षण प्रदान गर्दै नतिजामूलक उपलब्धी हासिल गर्न प्रशिक्षणको सुरुआत गरिएको राखेपले जनाएको छ ।

प्रशिक्षणमा विभिन्न २३ खेलका ५ सय १४ खेलाडी र ६६ प्रशिक्षक गरी ५ सय ८० जना समावेश हुने छन् । खेलाडीमा २ सय ३० पुरुष र २ सय ८४ महिला छन् । खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल ९थ्री बाइ थ्री०, फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् । यि खेलका खेलाडी छनोट गर्न प्रारम्भिक छनोट प्रतियोगिता पनि आयोजना भएको थियो ।

पहिलो चरणको विशेष प्रशिक्षण असार २३ गतेसम्म सञ्चालन हुने छ । दोश्रो चरणको छनोट असार २४ देखि २७ गतेसम्म हुनेछ । प्रशिक्षणका लागि विज्ञहरु पनि परिचालन गरिने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले राष्ट्रिय टिमलाई बलियो र व्यवस्थित बनाउन विशेष प्रशिक्षणको सुरुआत गरिएको बताउदै ३६५ दिन नै खेलाडीलाई प्रशिक्षणमा सामेल गराउन परिषद्ले तयारी गरिरहेको जानकारी दिए । उनले एसियाली खेलकुद मात्र नभइ प्रशिक्षण अन्य अन्तर्राष्ट्रिय प्रतियोगितको तयारीलाई पनि सहज हुने बताउदै खेलाडीहरु कै उपलब्धीका कारण खेलकुदका निकाय मात्र नभइ सिंगो राज्यले गर्व महशुस गर्ने वातारण बनेको धारणा व्यक्त गरे ।

प्रशिक्षका तर्फबाट भारोत्तोलनका प्रमुख प्रशिक्षक राम पौडेलले प्रशिक्षणले नियमित रुपमा निरन्तरता पाउनु पर्नेमा जोड दिए । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता एथलेटिक्सकी सन्तोषी श्रेष्ठले देशलाई केहि दिनु पर्छ भन्ने जोस खेलाडीमा पनि भएकाले प्रशिक्षण सुरु भएकोमा खुशी व्यक्त गरिन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ८ : ४६ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै