१ आश्विन २०८३, बिहिबार | September 17, 2026

भोलि नेपालले विश्व कप क्रिकेट लिग २ को पहिलो खेल खेल्दै



टेक्सस (अमेरिका) । विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा संचालन भैरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् ।

सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा रहेको मोसा स्टेडियमा संचालन हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनु अघि तयारी स्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो ।

लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा संचालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि गत विहिवार नेपाली अल स्टार क्लबसँग र दोस्रो खेलमा ह्युष्टन हुरिकेनसँग प्रतिष्पर्धा गरेको थियो ।

जसमा पहिलो खेलमा अल स्टारसँग नेपाली राष्ट्रिय टोली ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा सन्दीप लामिछानेले आराम गर्दा कप्तानी गरेका रोहित पौडेलको १ सय १ रनको मद्दतमा नेपाली राष्ट्रिय टोलीले ह्युष्टन हुरिकेनलाई २९ रनले पराजित गरेको थियो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तत्वाधानमा भएको प्रतियोगितामा संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अमेरिकामा व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली अल स्टार क्लबलाई २० हजार डलर सहयोग गरेको थियो । साथै संघले अन्य विभिन्न खालका सहयोग समेत गरेको थियो ।

एनआरएनए एनसिसी युएसए कपको समाप्तीपछि आयोजित कार्यक्रममा संघका तर्फवाट अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल लगायतले विजयी तथा उपविजयी खेलाडी, टोली र अफिसियलहरुलाई अवार्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । नेपाली राष्ट्रिय टोलीलाई तयारीका लागि सहज होस् भन्ने उद्देश्यले एनआरएनए एनसिसी युएसए कप आयोजना गरिएको थियो ।

यसैबीच, संघको टेक्सस च्याप्टरले शनिवार स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका उपाध्यक्ष गंगा शर्माको अध्यक्षता, सचिव डा. चण्डी भण्डारीको संचालन र सहसचिव राजन भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा संघका अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल, नेजाका महासचिव सुरज भण्डारी, एएनएका अध्यक्ष विजयराज भट्टराई, एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले, एनएसटीका महासचिव एवं एनआरएनए युथ कमिटि चियर सन्देश उप्रेती, क्षेत्रीय संयोजक सुजन पण्डित, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्ज्वल वली, पत्रकारहरु विनोद पाण्डे, किशन रेग्मी, नपलिज एशोसिएशन अफ ह्युष्टनका अध्यक्ष विष्णु नेपाल, सिएनएफका अध्यक्ष कृष्ण न्यौपाने, नेपाल हेरिटेजका अध्यक्ष कर्ण बोगटी, डा। विजय झा, सतिश त्रिपाठी लगायतले धारणा राख्नुभएको थियो ।

आईसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरु विश्व कपका लागि छनौट हुन प्रतिष्पर्धामा छन् । अहिले सम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहीत ४० अंक सहीत शिर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंक सहीत दोस्रो स्थानमा रहेको छ । यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२ अंकका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ पाँचौ स्थानमा , नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकका साथ छैठौं र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकका साथ सातौं स्थानमा रहेको छ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ६ : २० बजे

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौं । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु