१४ असार २०८३, आइतबार | June 28, 2026

बंगलादेश र माल्दिभ्सको हार, भारत विजयी



काठमाडौं । एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटअन्तर्गत भएका खेलमा बंगलादेश र माल्दिभ्सले हार बेहोर्दा भारतले भने जित निकालेको छ ।

छनोट अन्तर्गत समूह ‘इ’ को खेलमा बंगलादेश बलियो प्रतिद्वन्दी बहराइनसँग २-० ले पराजित भयो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बुकिट जलिल नेसनल रंगशालामा भएको खेलमा बहराइनलाई जित दिलाउँन अली हरम र कमिल अल अस्वदले समान एक गोल गरे । खेलको ३४ औं मिनेटमा हरमले बहराइनलाई अग्रता दिलाएका थिए । यस्तै, ४२ औं मिनेटमा अस्वदले दोस्रो गोल गरेका थिए ।

यस्तै, छनोटअन्तर्गत समूह ‘सी’ मा रहेको माल्दिभ्स भने थाइल्यान्डसँग ३-० ले पराजित भयो ।

उज्वेकिस्तानको मार्काजिया रंगशालामा सम्पन्न खेलको ४१औं मिनेटमा साराच युयेनले गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा तिरसिल दांग्दाले थाइल्यान्डको अग्रत दोब्बर पार्दा पान्सा हेमविबोनले ८० औं मिनेटमा तेस्रो गोल गरेका थिए ।

छनोटमा रहेको अर्को दक्षिण एसियाली टिम भारतले कम्बोडियालाई २-० ले पराजित गर्यो । घरेलु मैदानमा भारतलाई जिताउँन दुबै गोल कप्तान सुनिल क्षेत्रीले गरे । यस्तै, अर्को खेलमा श्रीलंका उज्वेकिस्तानसँग ३-० ले पराजित भयो । नेपाल नेपालसमेत जोर्डनसँग २-० ले पराजित भयो ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ५ : ५८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा