२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो



काठमाडौं । आइसीसी यु १९ महिला टी २० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

मलेसियाकी एल्सा हन्टेरले सर्वाधिक २८ रन बनाइन् । यसबाहेक एैनुर रिधवानले आठ, नुरहसिमा तजुद्दिनले सात र नुर अबेदुल समदले पाँच रन जोडिन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिँदा मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट ८६ रनको योगफल तयार गरेको थियो । नेपालकी अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन् । यस क्रममा अन्जलीले ५४ बलको सामना गरेकी थिइन् । यसबाहेक, आश्मा पुलामीले २६ रन बनाइन ।

मलेसियाकी नुर अबेदुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए ।

मलेसियामाथिको जितका बावजुद नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दा नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स ९युएई० सँग भने १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा चार विकेटले पराजित गरेको नेपाल चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  २ : १५ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात