३ आश्विन २०८३, शनिबार | September 19, 2026

१४ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक



चितवन । बुधबार रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुलेको छ । बुधबार राति परेको पानीले पहिरो आएपछि सडक अवरुद्ध हुँदा सयौं सवारी साधन बाटोमै अलपत्र परेका थिए । सडक साढे १ बजेदेखि सञ्चालनमा आएको हो ।

नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरू हरेक वर्ष सास्ती खेप्न बाध्य छन् । चितवनमा पर्ने सबै राजमार्ग सामान्य रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण बुधबार रातिदेखि सडक अवरुद्ध भएको थियो । यस्तै, इच्छाकामना-४ स्थित नाग्दीखोला र इच्छाकामना-५ स्थित कालिखोलामा बुधबार राति ११ः१५ बजेदेखि पहिरो खसेका कारण नारायणगढ-मुग्लिन सडक र मुग्लिन-नौबिसे सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

बिहीबार दिउँसो १२ बजेदेखि दुवै सडक खण्डमा गाडी सञ्चालनमा आएको प्रवक्ता अधिकारीले बताए । अहिले पानी परेको छैन । पानी पर्ने बितिकै पहिरो जाने जोखिम रहेकाले संयमित भएर सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ४ : ०६ बजे

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज