३ आश्विन २०८३, शनिबार | September 19, 2026

जुम्लामा बढ्दै बलात्कारका घटना



जुम्ला । जुम्लामा बलात्कारका घटना बढ्न थालेका छन् । पछिल्लो समयमा २० वर्ष मुनिका किशोरीमाथि बलात्कारका घटना बढेका हुन् । जसको उदाहरण हुन गुठिचौर गाउँपालिका वडा नम्बर ५ निवास १७ वर्षीय बालिका ।

उनीमाथि गुठिचौर ५ निवासी २ जना व्यक्तिले गत सोमबार सामूहिक बलात्कार गरेका हुन् । उनीहरूले सोमबार साँझ खेतमा पानी हाल्न गएको बेला सामूहिक बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।

पीडितका आफन्तले प्रहरीमा उजुरीसमेत दिएका छन् । घटना भएको ठाउँमा प्रहरी गएर अनुसन्धान गरेको जुम्लाका निमित्त प्रहरी नायव उपरीक्षक धर्मराज जोशीले बताए । उनले भने, ‘उनीमाथि बलात्कार गर्ने व्यक्ति फरार छन् । उनीहरूको खोजीकार्य भइरहेको छ । पीडितलाई न्याय दिन र दोषीलाई कानुनी कारबाही गर्न प्रहरी प्रतिबद्ध छ ।’

गुठीचौर ५ की १७ वर्षीया नबालिका एक उदाहरण मात्रै हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको दुई आर्थिक वर्षको तथ्यांक हेर्दा उनी जस्तै १६ वटा किशोरी बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा २० वर्ष मुनीका सात किशोरी किशोरी बलात्कार भएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २० वर्ष मुनीका १० किशोरीसहित १६ जना बलात्कृत भएको उजुरी जिल्ला प्रहरी कार्यालय जुम्लाका परेको छ ।

जुम्ला प्रहरीको तथ्यांक हेर्दा बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका दलित र विपन्न बढी छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ६ : १८ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२