२३ बैशाख २०८१, आइतबार | May 5, 2024

जुम्लामा बढ्दै बलात्कारका घटना



जुम्ला । जुम्लामा बलात्कारका घटना बढ्न थालेका छन् । पछिल्लो समयमा २० वर्ष मुनिका किशोरीमाथि बलात्कारका घटना बढेका हुन् । जसको उदाहरण हुन गुठिचौर गाउँपालिका वडा नम्बर ५ निवास १७ वर्षीय बालिका ।

उनीमाथि गुठिचौर ५ निवासी २ जना व्यक्तिले गत सोमबार सामूहिक बलात्कार गरेका हुन् । उनीहरूले सोमबार साँझ खेतमा पानी हाल्न गएको बेला सामूहिक बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।

पीडितका आफन्तले प्रहरीमा उजुरीसमेत दिएका छन् । घटना भएको ठाउँमा प्रहरी गएर अनुसन्धान गरेको जुम्लाका निमित्त प्रहरी नायव उपरीक्षक धर्मराज जोशीले बताए । उनले भने, ‘उनीमाथि बलात्कार गर्ने व्यक्ति फरार छन् । उनीहरूको खोजीकार्य भइरहेको छ । पीडितलाई न्याय दिन र दोषीलाई कानुनी कारबाही गर्न प्रहरी प्रतिबद्ध छ ।’

गुठीचौर ५ की १७ वर्षीया नबालिका एक उदाहरण मात्रै हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको दुई आर्थिक वर्षको तथ्यांक हेर्दा उनी जस्तै १६ वटा किशोरी बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा २० वर्ष मुनीका सात किशोरी किशोरी बलात्कार भएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २० वर्ष मुनीका १० किशोरीसहित १६ जना बलात्कृत भएको उजुरी जिल्ला प्रहरी कार्यालय जुम्लाका परेको छ ।

जुम्ला प्रहरीको तथ्यांक हेर्दा बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका दलित र विपन्न बढी छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ६ : १८ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच