७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

आँबुखैरेनी पहिरोमा मानवीय क्षतिको आशंका, पुरिएको अवस्थामा कार भेटियो



तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ डम्पीमा सडक भासिँदा मानवीय क्षति भएको आशंका गरिएको छ ।
घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीका अनुसार सडकबाट मर्स्याङ्दी नदीको खोँचमा कार खसेको देखिएको हो ।

कार देखिएपछि गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको उनले जानकारी दिए । कार आबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र को-को थिए भन्ने खुलेको छैन ।

सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खुल्नसक्ने अवस्था नरहेकाले सवारी साधनहरू जताबाट आएका छन्, उतैतिर फर्काइएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ९ : १७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल