१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाकाे मृत्यु, एक जनाको सनाखत



गाेरखा । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरकाे कार र माेटरसाइकल खसेको थियो ।

माेटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जाेगाएका थिए भने कार मानिससहित पहिराेमा खसेकाे प्रहरीले बताएकाे छ ।

नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेकाे छ । मृतकमध्य एक जना गाेरखाकाे सिरानचाेक गाउँपालिका स्थित छाेप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन् ।

लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ११ : ३१ बजे

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय