२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

एमाले सचिवालय बैठक ३० जेठमा : ‘अन्तर्घात’देखि भुसालमाथि कारबाहीको विषयसम्म छलफल हुने



काठमाडौं । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ । सो बैठकका छलफलको एजेन्डा तयका गर्नका लागि २९ जेठमा महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक तय भएको छ ।

‘स्थानीय तह निर्वाचनदेखि आगामी निर्वाचनकाबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाएको हो,’ प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘२९ गते बस्ने केन्द्रीय कार्यालयको बैठकले थप एजेन्डाहरु तय गर्नेछ ।’

उनका अनुसार गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामदेखि अन्य विषय सचिवालयको बैठकको प्राथमिकतामा पर्नेछन् ।

स्थानीय तहको निर्वाचनमा ‘अन्तर्घात’ भएकोदेखि उपाध्यक्ष घनश्याम भुसाललाई अनुशासन आयोगले अनुशासन नाघेको भन्दै कारवाहीको सिफारिस लगायतको चर्चा चलिरहेको बेला सो बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ११ : ३३ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा