११ बैशाख २०८१, मंगलबार | April 23, 2024

मुगुमा एक महिनापछि पाठ्यपुस्तक पुग्यो



मुगु । हिमाली जिल्ला मुगुमा करिब एक महिनापछि पाठ्यपुस्तक पुगेको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई विभिन्न तवरबाट ताकेता गरेको र भण्डारले पनि सोही निर्देशनलाई आत्मसाथ गर्दे प्रादेशिक कार्यालय सुर्खेतलाई ताकेता गर्दा बल्ल मुगुमा एक महिनापछि पाठ्यपुस्तक पुगेको हो ।

शैक्षिक सत्र सुरु भएको एक महिना बित्न लागि सक्दा पनि जिल्लामा पुस्तक पुग्न सकेको थिएन । १ जेठदेखि विद्यालय प्रारम्भ गरिए पनि पाठयपुस्तक अभावमा पठनपाठन प्रभावित भएको थियो ।

छाँयानाथ रारा नगरपालिकाअन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक पसलले शुक्रबार एक ट्रक पुस्तक गमगढीमा पुर्‍याएको छ । जयलक्ष्मीले प्रादेशिक्ष्क कार्यालय सुर्खेतबाट पाठ्यपुस्तक डिपोबाट ढुवानी गरी गमगढीमा ल्याएको हो । जिम्मा लगेको सबै पुस्तक ढुवानी गरिसकेपछि सामुदायिक विद्यालयलाई वितरण गर्ने जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाईटर जयलक्ष्मी भामले बताए ।

गमगढी बजारमा नयाँ पुस्तक पुगेपछि नगरपालिकाका शिक्षकदेखि विद्यार्थी हर्षित भएका छन् । पुस्तक ढुवानीको निम्ति सम्बन्धित निकायलाई ताकेता गरेपछि शुक्रबार गमगढी बजारमा नयाँ पुस्तक पुगेको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।

जिल्लाको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा जिम्मा लगेका पुस्तक बिक्रेताले छिट्टै पालिकास्तरमा पुर्‍याएर वितरण सुरु हुने जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : ०० बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना