१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

मुगुमा एक महिनापछि पाठ्यपुस्तक पुग्यो



मुगु । हिमाली जिल्ला मुगुमा करिब एक महिनापछि पाठ्यपुस्तक पुगेको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई विभिन्न तवरबाट ताकेता गरेको र भण्डारले पनि सोही निर्देशनलाई आत्मसाथ गर्दे प्रादेशिक कार्यालय सुर्खेतलाई ताकेता गर्दा बल्ल मुगुमा एक महिनापछि पाठ्यपुस्तक पुगेको हो ।

शैक्षिक सत्र सुरु भएको एक महिना बित्न लागि सक्दा पनि जिल्लामा पुस्तक पुग्न सकेको थिएन । १ जेठदेखि विद्यालय प्रारम्भ गरिए पनि पाठयपुस्तक अभावमा पठनपाठन प्रभावित भएको थियो ।

छाँयानाथ रारा नगरपालिकाअन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक पसलले शुक्रबार एक ट्रक पुस्तक गमगढीमा पुर्‍याएको छ । जयलक्ष्मीले प्रादेशिक्ष्क कार्यालय सुर्खेतबाट पाठ्यपुस्तक डिपोबाट ढुवानी गरी गमगढीमा ल्याएको हो । जिम्मा लगेको सबै पुस्तक ढुवानी गरिसकेपछि सामुदायिक विद्यालयलाई वितरण गर्ने जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाईटर जयलक्ष्मी भामले बताए ।

गमगढी बजारमा नयाँ पुस्तक पुगेपछि नगरपालिकाका शिक्षकदेखि विद्यार्थी हर्षित भएका छन् । पुस्तक ढुवानीको निम्ति सम्बन्धित निकायलाई ताकेता गरेपछि शुक्रबार गमगढी बजारमा नयाँ पुस्तक पुगेको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।

जिल्लाको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा जिम्मा लगेका पुस्तक बिक्रेताले छिट्टै पालिकास्तरमा पुर्‍याएर वितरण सुरु हुने जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : ०० बजे

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण