१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन ।

महानगर प्रमुख साहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिए ।

शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेण्डा हो यसलाई सेवाकै रुपमा लिनुपर्छ व्यापार हुनु हुँदैन भन्ने सोचले काम गर्नुस् आवश्यक पर्ने सहयोग गर्न आफू तयार भएको उनले बताए ।

स्वास्थ्य र सरसफाइमा कामपाले उच्च चासो दिएको बताउँदै महानगर प्रमुख साहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाए । अस्पताल प्रवेश गर्ने जोसुकै पनि अहिलेसम्म उपचारविहीन अवस्थामा फर्कनु नपरेको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ४ : २७ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना