३ आश्विन २०८३, शनिबार | September 19, 2026

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन ।

महानगर प्रमुख साहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिए ।

शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेण्डा हो यसलाई सेवाकै रुपमा लिनुपर्छ व्यापार हुनु हुँदैन भन्ने सोचले काम गर्नुस् आवश्यक पर्ने सहयोग गर्न आफू तयार भएको उनले बताए ।

स्वास्थ्य र सरसफाइमा कामपाले उच्च चासो दिएको बताउँदै महानगर प्रमुख साहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाए । अस्पताल प्रवेश गर्ने जोसुकै पनि अहिलेसम्म उपचारविहीन अवस्थामा फर्कनु नपरेको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ४ : २७ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय