१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

हेटौंडामा ग्याँस बुलेटको ठक्करबाट दुई जनाको मृत्यु



हेटौंडा । हेटौंडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउँदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका हेटौंडा–९ का ५५ वर्षीय इश्वर तामाङ र २६ बर्षिया अमिना तामाङको मृत्यु भएको हो । घटनामा घाइते भएका दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त बुलेटले रातोमाटेमा पनि कारलाई ठक्कर दिएर आएको थियो । तर, कारमा मानवीय क्षती भने भएका नभएको प्रहरीले जनाएको छ । बुलेट र बुलेट चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : ५३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग