१४ पुस २०८२, सोमबार | December 29, 2025

पोखरा महानगरले सडकका खाल्डा पुर्न थाल्यो



पोखरा । पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो । अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन् ।

३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ । नगरमा डुलिहिड्ने छाडा चौपायालाई देख्नेवित्तिकै कान्जी हाउस पु-याउन थालिएको छ ।
शनिबारदेखि भने सडकका खाल्डा पुर्ने अभियान सुरु भएको छ । यसका लागि पूर्वाधार महाशाखा प्रमुख पूर्ण गुरुङको नेतृत्वमा समूह नै बनेको छ । मुख्य सडक र सहायक सडकमा खाल्डा परेर गाडी गुड्न समस्या भएपछि तत्कालै खाल्डा पुर्न थालिएको हो ।

गुरुङका अनुसार खाल्डा परेको थाहा पाएपछि तीनदिन भित्रमा पुरिसक्ने अभियान थालिएको हो । ‘खाल्डा परेको जानकारी महानगरलाई आउनुपर्छ । त्यसको ३ दिनभित्र पुरिसक्छौं,’ उनले भने, ‘यसलाई अझै द्रुत बाटोबाट गर्ने प्रयास गर्नेछौं ।’ शनिबार पोखरा वडा नम्बर ५ का विभिन्न सडकको खाल्डा पुरिएको छ ।

कालोपत्रे गर्ने अलकत्रा बनाउन भने समस्या छ । त्यसका लागि छुट्टै प्रविधि भित्र्याउनुपर्ने सव इन्जिनियर नेत्र तिमिल्सीना बताउँछन् । ‘खाल्डा पुर्ने काम सजिलो छैन । हेर्दा सानो भएपनि काम निकै कष्टपूर्ण छ । अलकत्रा जतापायो त्यहिँ पोल्न मिल्दैन,’ उनले भने, ‘प्रदुषण हुन दिन पनि भएन । झण्झट कम हुने गरी प्रविधिको विकास गर्नुपर्छ । त्यसको खोजीमा महानगर लागेको छ ।’

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ८ : ०३ बजे

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने

बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा

अंग्रेजी नयाँ वर्षको अवसरमा बुटवलमा भोलिदेखी तीनदिने सडक खाना महोत्सव, तयारी पूरा

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा तीन दिने

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये