६ पुस २०८२, आइतबार | December 21, 2025

वेष्ट इन्डिजविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’



काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय एकदिवसीय खेलमा वेष्ट इन्डिजलाई डीएल म्याथोड पद्धतिमा ५३ रनले पराजित गर्दै पाकिस्तानले श्रृंखलामाथि ३-० को ‘क्लिन स्विप’ गरेको छ ।

घरेलु मैदानमा मुल्तान पाकिस्तानले प्रस्तुत गरेको २७० रनले लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३७ ओभर २ बलमा २१६ रनमा समेटिएको थियो ।

वेष्ट इन्डिजका एक खेलाडीले मात्रै अर्धसतकीय योगदान गरे । एकेअल होसेनले सर्वाधिक ६० रन बनाए । पाकिस्तानका सादव खानले सर्वाधिक ४ विकेट लिए ।

यस अघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेका पाकिस्तानले ४८ ओभरमा छोट्टाइएको खेलमा नौ विकेट गुमाउँदै २६९ रनको योगफल तयार पारेकाे थियाे । पाकिस्तानका दुई खेलाडीले अर्धसतक पूरा गरे । सदाव खानले सर्वाधिक ८६ रन बनाए भने इमाम उल हकले ६२ रन जोडे । वेष्ट इन्डिजका निकोलास पूरानले सर्वाधिक ४ विकेट लिए ।

यस अघि पहिलो खेल पाकिस्तानले पाँच विकेट र दोस्रो खेल १२० रनले आफ्नो पक्षमा पारेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ६ : ५८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा