१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

मर्स्याङ्दी गाउँपालिकाले बनायो ४१ वटा कानुन



लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षमा ४१ वटा ऐन, नियम तथा कार्यविधि बनाएको छ ।

गाउँपालिकाले स्थानीय तहको अधिकारलाई उपयोग गर्दै आफ्नो आवश्यकता अनुसार ऐन, नियम, तथा कार्यविधि निर्माण गरेको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा चुनिएर आएका जनप्रतिनिधिले पहिलो पटक गाउँसभा सञ्चालन कार्यविधि निमार्ण गरेका थिए । सो पश्चात गाउँपालिकाले पाँच वर्षको अवधिमा १२ वटा ऐन, २१ वटा कार्यविधि, ४ वटा निर्देशिका, ३ वटा नियमावली र एक मापदण्ड बनाएको छ ।

सबै ऐन, कार्यविधि, नियमावली तथा निर्देशिका राजप्रत्रमा प्रकाशित गरी कार्यान्वयनमा समेत ल्याइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

पालिकाले आर्थिक ऐन, विनियोजन ऐन, सहकारी ऐन, कृषि व्यवसाय ऐन, प्रशासकिय कार्यविधि ऐन, आर्थिक कार्यविधी ऐन, स्थानिय शिक्षा शिक्षा ऐन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, विपद जोखिम न्युनिकरण ऐन, संस्था दर्ता ऐन, जलश्रोत उपयोग लगायतका ऐन वनाएर पालिकाले कार्यन्वयन गरिसकेको जनाएको छ ।

त्यस्तै,गाउँ सभा सञ्चालन , एफएम रेडियो सञ्चालन, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी, करार कर्मचारी व्यवस्थापन, असक्त असहाय विपन्न सहायता कोष सञ्चालन कार्यविधि, घरवहाल कर व्यवस्थापन, विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन, आन्तरिक आय संकलन सम्बन्धी, टोल विकास सस्था गठन तथा परिचालन, नदी जन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन, संकलन तथा ओसारपसार विक्रीवितरण सम्बन्धी कार्यविधि रहेका छन् । मदिरा नियन्त्रण, व्यवसाय दर्ता र गाउँपालिकाको स्वास्थ्य बिमा कार्यविधि पनि पारित गरी कार्यान्वनयमा ल्याइसकेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ९ : ३७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग