३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौं । काठमाण्डौको कोटेश्वरमा गएराती मिनि ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने अन्दाजी ३४ बर्षीया सम्झना राई रहेकी छिन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी राईको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको हो ।

कोटेश्वरबाट जडिबुटी तर्फ जादै गरेको ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई गएराती पौने १० बजे ठक्कर दिएको थियो ।

दुवै सवारी साधन र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : ५७ बजे

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप