१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौं । काठमाण्डौको कोटेश्वरमा गएराती मिनि ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने अन्दाजी ३४ बर्षीया सम्झना राई रहेकी छिन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी राईको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको हो ।

कोटेश्वरबाट जडिबुटी तर्फ जादै गरेको ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई गएराती पौने १० बजे ठक्कर दिएको थियो ।

दुवै सवारी साधन र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : ५७ बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक