२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

झपड रावलको मन्त्रीलाई चेतावनी – लेटरप्याड च्यात्ने तपाईंको मुख च्यात्न नपरोस्



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद झपड रावलले मन्त्रीको मुख च्यात्ने चेतावनी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद रावलले जनताको माग लिएर मन्त्रालयमा पेस गरेको लेटेरप्याड च्यात्ने मन्त्रीको मुख च्यात्न नपरोस् भन्दै चेतावनी दिएका हुन् ।

प्रतिपक्षी सांसदहरूले जनताको माग समेटेर लेटरप्याडमा मन्त्रालयमा पेस गरिएको, तर प्रतिपक्षीको भन्दै च्यातेर फ्यालेको आरोप लगाउँदै उनले ती मन्त्रीबारे सदनमै भण्डाफोर गर्ने र जनताले ती मन्त्रीको मुख च्यात्ने पर्ने अवस्था आउने चेतावनी दिए ।

बैठकमा सांसद रावलले भने, ‘प्रतिपक्षका सांसदहरूले जनताको माग लिएर आफ्नो लेटरप्याडमा सरकारलाई मन्त्रालयमा पेस गरेका मागहरू प्रतिपक्षको हो भनेर गैरजिम्मेवार भएर, अराजक ढंगले च्यातेको भन्ने कुराहरू आइरहेको छ । अर्को दिन त्यस्ता मन्त्रीहरूको म विस्तृत विवरण लिएर यही सदनमा भण्डाफोर गर्ने वाचा गर्न चाहन्छु । यस्ता अराजक मन्त्रीलाई जनताकोतर्फबाट चुनौती दिन चाहन्छु । खबरदार हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरू जनताले तपाईंका हात, तपाईंको मुख च्यात्न नपरोस् भन्नेकुरा पनि यहीँबाट खबरदारी गर्न चाहान्छ ।’

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १ : ३३ बजे

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि