४ पुस २०८२, शुक्रबार | December 20, 2025

सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने कार्य गरेमा कडा कारवाही गर्ने बाँके प्रहरीको चेतावनी



नेपालगन्ज । भारतका केही शहरहरुमा धार्मिक भड्कावका घटना देखिएसँगै बाँके प्रहरीले धार्मिक र साम्प्रदायिक भावनामा खलल पुग्ने कार्य गरे कारवाही गर्ने चेतावनी दिएको छ । बाँके प्रहरीले सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने कार्य भइरहेको भन्दै त्यस्ता कार्यमा प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार सन्देश जारी गर्दै धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक संजालमा सम्प्रेषण नगर्न आम नागरिकमा आग्रह गरेको छ । ‘हाल विभिन्न सामाजिक संजालहरुमा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने क्रियाकलाप बढ्दोक्रममा देखिएकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिन्छ ।’ प्रहरीले सन्देशमा उल्लेख गरेको छ ।

प्रहरीले धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधि सामाजिक संजालमा सम्प्रेषण गरेको पाइएमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९ को दफा १५६ को उपदफा २(१) बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । सो संहितामा धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने किसिमका कार्य गरेको ठहर भएमा दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  २ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको