९ पुस २०८२, बुधबार | December 24, 2025

जिसस बारामा गठबन्धनलाई हराउँदै एमाले विजयी



बारा । बारा जिल्ला समन्वय समितिमा नेकपा ९एमाले०को र लोसपा नेपालको प्यानल नै निर्वाचित भएको छ । सोमबार सम्पन्न निर्वाचनमा जिल्ला जिल्ला समन्वय समिति प्रमुखमा एमालेबाट उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याएर निर्वाचित भएका हुन् ।

साह कलैया उपमहानगरपालिकाको कार्यपालिकामा निवर्तमान अल्पसंख्यक सदस्य हुन् । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार देवताल गाउँपालिका सभापति रामदयाल महतो धानुकले १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकी चण्डिका सापकोटाले १७ मत प्राप्त गरी विजयी भएकी छन् । सापकोटाको प्रतिस्पर्धी गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार पवनकुमार व्याहुतले १५ मत प्राप्त गरेका थिए । उपप्रमुखमा निर्वाचित चण्डिका गत स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिका( ९ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

१६ स्थानीय तह रहेको बारामा जिसस निर्वाचनका लागि कुल ३२ मतदाता छन् । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दल र एमाले लोसपा बीच तालमेल भएको थियो । समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूले एकता गरेपछि जसपा र विवेकशील साँझा पार्टी निर्णायक बनेका थिए । सबैभन्दा बढी पालिकामा जितेर जिल्लामा पहिलो बनेको नेकपा एमालेले जसपा र विवेकशीलसंग एकताको प्रयास भए पनि अन्त्यमा हुन भने सकेको थिएन ।

समन्वय समितिको निर्वाचनमा एमालेसँग ११ मत, नेपाली कांग्रेससँग ८ मत, लोसपासँग ६ मत, जसपासँग ४ मत, विकेकशील साझासँग २ मत, माओवादी केन्द्रसँग १ मत थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ३ : २५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना