२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर खुल्यो



रामपुर । पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालन भएको छ ।

पाल्पाको रामपुुर नगरपालिका-१ स्थित स्याउलीबजार नजिकै पहिरो खस्दा आइतबार दिउँसो ३ बजेदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।

करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा खसेको पहिरो सोमबार बिहान १० बजेदेखि हटाउने काम भएको थियो ।

करिब सात घण्टा लगाएर पहिरो हटाइएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएपछि बाटोमै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सडक अवरुद्ध हुँदा रामपुरदेखि काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडी र काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेका थिए ।

यस क्षेत्रमा पटक पटक माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ७ : ११ बजे

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम

पहिलो चरणमा जोखिमपूर्ण बस्ती खाली गर्ने काम सम्पन्न

काठमाडौँ । पहिलो चरणमा काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक

पश्चिम एसियाको असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

काठमाडौ । पश्चिम एसियाको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा