११ बैशाख २०८१, मंगलबार | April 24, 2024

वाम गठबन्धन प्रयास अघि बढेकै हो ?



काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैरकम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्पन नभएको निष्कर्ष नेताहरूको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भयो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच वाम गठनबन्धन वा पार्टी एकीकरण गर्ने विषयमा तीनै पार्टीका नेताबीच छलफल सुरु भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र एकीकृत समाजवादीले राम्रो नजिता नल्याएको निष्कर्ष निकालिसकेका छन् ।

माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचनभन्दा पछिल्लो निर्वाचनमा पालिका बढी विजयी भए पनि लोकप्रिय मत घटेको छ । कम्युनिस्टहरू विभाजित हुँदा गैरकम्युनिस्टहरू हावी भएको निष्कर्षसहित तीनै पार्टीबीच पुनः वाम गठबन्धन वा पार्टी एकता हुनुपर्ने विषयमा नेताहरू छलफल थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटघाट भएको छ । अध्यक्ष ओलीलाई भेट्न माओवादी केन्द्रका नेता श्रेष्ठ आइतबार बालकोट पुगेका थिए । सो भेट’ पुष्टि गर्दै नेता श्रेष्ठले पछिल्लो राजनीतिक विषयमा छलफल भएको बताए ।

आइतबार एमाले अध्यक्ष ओलीलाई भेटेका माओवादी केन्द्रका नेता श्रेष्ठले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुमति लिएर श्रेष्ठले भेटघाट गरेको स्रोतको दाबी छ ।

‘पछिल्लो राजनीतिक अवस्था’ छलफल भएको छ । नेपालको राजनीतिकसहित भूराजनीति’ समेत छलफल भएको छ,’ माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठले राजधानीसँग भने, ‘कम्युनिस्ट पार्टीबीच गठबन्धन वा एकता’ पनि सामान्य छलफल भएको छ ।’ एमसीसी सम्झौता संसद्बाट पारित भएपछि पछिल्लो समय नेपालमा बढेको अमेरिकी प्रभाव’ समेत नेताहरू चिन्तत छन् ।

नेपालका कम्युनिस्टहरू विभाजित हुँदा गैरकम्युनिस्टहरूको प्रभाव बढेकोमा उनीहरू कमजोरी सच्याउँदै आपसी असमझदारी हटाएर अगाडि बढनुपर्ने निष्कर्षमा पुगेका छन् । तर, ठोस प्रगति भने केही भएको छैन । एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच भेटघाट अघि जेठको दोस्रो साता श्रेष्ठ र ओलीनिकट एमाले नेता गोकुल बाँस्कोटाका बीचमा भेटघाट भएको थियो ।

श्रेष्ठ र बाँस्कोटाबीच चुनावी समीक्षासहित वामगठबन्धन’ छलफल भएको थियो । सत्तारूढ पाँच दलीय गठबन्धनका कारण स्थानीय निर्वाचनमा पराजय बेहोरेको एमालेले सो गठबन्धन भत्काउन खोजेको छ । एमालेले भित्रभित्र कम्युनिस्ट पार्टीबीच चुनावी गठबन्धन बनाउन खोजेको छ ।

त्यसका लागि एमालेले चरणबद्ध छलफल थालेको हो । एमाले स्रोतका अनुसार २८ जेठमा एमाले सचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच करिब २ घण्टा छलफल भएको थियो । सो भेटमा समेत यही विषयमा छलफल भएको थियो । ज्ञवालीले समान्य छलफल र भेटघाट मात्रै भएको बताए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो पार्टी बनेको छ । तर, २०७४ को स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बनेको थियो ।

पाँच दलीय गठबन्धनबाट माओवादी र एकीकृत समाजवादी असन्तुष्ट छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सार्वजनिक कार्यक्रममै पाँच दलीय गठबन्धनको आलोचना गर्दै कांग्रेसले सहयोग लिने काम मात्रै गरेको बताउँदै आएका छन् ।

कांग्रेसले सहयोग नगरेको भन्दै खनाल वामगठबन्धन गर्नुपर्ने पक्षमा उभिँदै आएका छन् । आगामी कातिक वा मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने चर्चा भइरहेकै बीचमा तीन कम्युनिस्ट पार्टीबीच गठबन्धन गर्ने गृहकार्य सुरु भएको हो । सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेताहरूले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन रहने बताए पनि भित्रभित्र वामगठबन्धन’ छलफल भइरहेको छ ।

एकीकृत समाजवादी उपमहासचिव जगन्नाथ खतिवडाले कांग्रेसले देशमा अब प्रतिगमनको खतरा समाप्त भएको ठानेको अवस्थामा वामगठबन्धन हुन सक्ने बताए । ‘इमानदारितापूर्वक पाँच दलीय गठबन्धन बन्ने हो भने पहिलो प्राथमिकता पाँच दलीय गठबन्धनकै हो, एकीकृत समाजवादी त्यसका लागि तयार छ,’ खतिवडाले भने, ‘तर नेपालका कम्युनिस्टहरू एकआपसमा लड्दा त्यसको फाइदा गैरकम्युनिस्टले लिइरहेका छन् ।’ आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ७ : २६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना