१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

ओलीलाई नारायणकाजीले भने – ‘तुम शेर तो हम सवा शेर’ नभनौं, वाम तालमेल गरौं



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरुबीच तालमेलको प्रस्ताव गरेका छन् ।

काठमाडौंमा आयोजित नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल)ले शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले वमपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् ।

‘वामपन्थी शक्तिहरु दुई तिहाईमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवा शेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृतिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, वामपन्थी शक्तिहरु एक हुनुपर्छ, बामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्माआलोचना गर्दै श्रेष्ठले भने, म बामपन्थी शक्तिहरु बीचको तालमेलका लागि आग्रह गर्दछु ।’ श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताए ।
श्रेष्ठले नेपालले सबैभरी असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको एक्यवद्धता हुनुपर्ने पनि बताए ।

कार्यक्रममा उनले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरु मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा अक्रमण भइरहेको उनले जिकिर गरे । जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउ लागेको उनले बताए ।

कार्यक्रममा उनले अब वामपन्थीहरु कुनै न कुनै रुपमा एकबद्ध हुनुपर्ने पनि बताए । उनले यसअघिको कम्युष्टि पार्र्टीहरुको एकतालाई जोगाउन नसकेकोमा आत्माअलोचना पनि गरे । श्रेष्ठले कार्यक्रममा उपस्थित केपी शर्मा ओलीलाई पनि वाम एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्न आग्रह गरे । साथै अब कुनै निर्वाचनमा तालमेल गरेर हुन्छ वा अन्य कुनै उपायबाट वाम एकता हुनुपर्ने पनि बताए ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ५ : ३२ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति