११ बैशाख २०८१, मंगलबार | April 23, 2024

देवघाटमा तीनमुखे पुल निर्माण गरिने



दमौली । गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो ।

गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ । देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको बैठकले यहाँ तीनमुखे पुल निर्माण गर्ने निर्णय गरेको थियो । समितिले पुल निर्माणका लागि बजेट विनियोजन गर्न गण्डकी र बागमती प्रदेश सरकारसमक्ष आग्रह गरेको थियो ।

गण्डकी प्रदेश सरकारले बागमती प्रदेशसँगको सहकार्यमा सार्वजनिक–निजी लगानीमा त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल पवित्रभूमि देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागेको हो । सरकारले तीनमुखे पुल निर्माणकार्य आरम्भ गरी धार्मिक तथा व्यावसायिक पर्यटन प्रवद्र्धनका लागि आयोजना सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुलको अवधारणा ल्याइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटामात्रै पिलरले धान्ने पुल निर्माण गरिने उनले बताए । चितवन र तनहुँ जोड्ने त्रिशूलीमाथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रूपमा लिइएको छ ।

बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले तनहुँको पर्यटकीय मानुङकोट र काहुँशिवपुर जोड्ने बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा दुई पालिका जोड्ने डाँडामा बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख गरिएको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोट र ऋषिङ गाउँपालिका-१ काहुँशिवपुर जोड्नका लागि निर्माण गरिने पुलको सम्भाव्यता अध्ययन गरिने बताइएको छ ।

पछिल्लो समय मानुङकोट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ । केही वर्षअघिसम्म सुनसान मानुङकोटमा अहिले पर्यटकीय पूर्वाधार निर्माण गर्ने क्रम सुरु भएको छ । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ७ : ५२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना