२७ भदौ २०८३, शनिबार | September 12, 2026

महिला राष्ट्रिय क्रिकेट टोलीको आज बिदाई हुँदै



काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टि २० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको आज बिदाई हुँदैछ ।

मलेसियामा आयोजना हुने एसीसी महिला टि २० च्याम्पियनसिपका लागि मलेसिया जाने महिला टोलीलाई बिदाई गर्न लागिएको हो । एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजना हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियमा हुँदैछ ।

१० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन । आयोजकले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसअन्तर्गत नेपाल समूह बीमा रहेको छ ।

नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन । यस्तै समूह ए मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन । समूहको प्रतिष्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिस्पर्धा गर्नेछन ।

समूह चरणको प्रतिस्पर्धा पछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एशिया कपमा छनोट हुनेछन । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकप खेल्नेछन । प्रतिष्पर्धामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै, नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइनबिरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङबिरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ९ : २४ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी