२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री प्रहरी नियन्त्रणमा, उद्दार गरेर ल्याएको प्रहरीको भनाई



दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई स्थानीय महिलाहरुले घेरा हालेपछि प्रहरीले उद्दार गरेको छ ।

गृह जिल्ला दाङ पुगेकी राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको भन्दै महिलाहरुले वलीलाई घेराबन्दी गरेर राखेकोमा प्रहरी पुगेर उद्दार गरेको दाङ प्रहरीले जनाएको छ ।

महिलामाथि हातपात भएको र सोही शिलशिलामा स्थानीयले राज्यमन्त्रीलाई घेरेर राखेको खबर पाए लगत्तै प्रहरी पुगेर उद्दार गरेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

घटनाको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ । राज्यमन्त्री ओली अहिले तुलसीपुर स्थित प्रहरी कार्यालयमा छिन् ।

गत वर्ष भदौमा  फेसबुकमा एकराजलाई चुम्बन गरेको फोटो सार्वजनिक भएको थियो । उक्त फोटोसहित समाचार प्रकाशित भएपछि उनले तस्वीर एडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने दावी गरेकी थिइन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : २७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

युद्धविराम सहमतिकाबीच खाडीमा आक्रमण जारी

एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ते युद्धविरामको सहमति भएको

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी