२३ असार २०८३, मंगलबार | July 7, 2026

त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै विद्यार्थीको विरोध



काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द) कलेजको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

मंगलवार कलेज अगाडि विद्यार्थीले क्याम्पसको पुनर्निर्माणको माग गर्दै सडकमै पढेर विरोध जनाएका हुन् । क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् ।

कलेजमा अध्ययनरत विद्यार्थी भवन कुनबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन् । भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरुले बताए । अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढीरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ । उनीहरुले राज्य सत्तामा पुगेपछि आफैँले पढेको घर बिर्सिने परिपाटी रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यसमा कुनै चासो नदिएको बताए । उनीहरुले नजिकै रहेको धरहरा र रानीपोखरी बन्दा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीलाई योग्य बनाउने शैक्षिक संस्था बन्न नसक्नु दुःखद् रहेको बताए । प्रदर्शनका क्रममा बोल्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी गोविन्द कोईरालाले २०७२ सालको भूकम्पपछि रातो स्टिकर लगाएर राखिएको भवन निर्माणको काम अहिलेसम्म शुरु नहुँदा कक्षा कोठाको अभाव भएको र विद्यार्थीहरुले उठेर पढ्नुपर्ने बाध्यता रहेको बताए । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मा पाएको र गत वर्षसम्म नबनाएपछि शिक्षा मन्त्रालयले नै भवन निर्माण गर्ने जिम्मा पाएपनि अहिलेसम्म कुनै पहलकदमी नभएको गुनासो गरे ।

त्यस्तै क्याम्पसका अर्का विद्यार्थी शेरेन जोशीले घरबाट कलेज आएपछि पढ्न बस्दा कहिले पुरिने हो भन्ने डरमा अध्ययन गर्नुपरेको बताए । त्यस्तै विद्यार्थी सुरेन्द्र विश्वकर्मा र विष्णु पाण्डेले कलेजका भवनहरु निर्माण नहुँदा विद्यार्थी सडकमा आउनुपरेको बताए ।

त्यस्तै क्याम्पसका पाले जीवन लामाले आर्थिक अवस्था सम्पन्न नभएका विद्यार्थीपनि अध्ययन गर्ने शैक्षिक संस्था नबन्नु दुःखको कुरा भएको बताए । उनले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पनि सोही विद्यालयमा अध्ययन गरेका तर अहिले चासो नदिएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्रिचन्द्र क्याम्पसकै उत्पादन भएको भन्दै प्रधानमन्त्रीले विद्यालय बनाउन चासो नदिन दुःखको कुरा भएको उनको भनाई छ । उनले सरोकारवाला निकायहरु मिलेर विद्यालय पुनर्निर्माण गर्न तत्काल पहलकदमी लिनुपर्ने आवश्यक्ता रहेको बताए ।

पाले लामाले आफूले क्याम्पसमा काम गरेको २० वर्ष भइसकेको भन्दै आजसम्म कुनै सरकारी निकायले अनुगमन नगरेको बताए । उनले विद्यार्थी उठेर र शिक्षकले माइकबाट अध्यापन गराउनुपर्ने बाध्यता रहेकोले पदासीन सरकारी कर्मचारी र सरकार पक्षले विद्यालय बनाउन लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : ५९ बजे

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित