१४ पुस २०८२, सोमबार | December 30, 2025

पोर्चुगल पठाइदिन्छु भनी साढे ३३ लाख ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं । युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका-४ बालुवाटार घर भई हाल टोखा नगरपालिका-६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् ।

उनलाई प्रहरीले सोमबार काठमाडौं महानगरपालिका-४ बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

उनले ८ जनासँग ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा रोजित श्रेष्ठले पीडितहरुलाई उपलब्ध गराएको हवाई टिकट र भिसा समेत नक्कली भएको पाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ५ : १८ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते