२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पाल्पाका १४ वर्षिया किशोरी बलात्कृत, बलात्कारको अभियोगमा ७ दिन पछि विष्णुबहादुर पक्राउ



बुटवल । पाल्पाको रिब्दिकोटका एक जना पुरुष बलात्कार गरेर फरार भएको ७ दिन पछि पक्राउ परेका छन् । १४ वर्षिया किशोरीलाई बलात्कार गरेर फरार रहेका पाल्पा रिब्दिकोट १ ख्या घरभई हाल तानसेनमा बस्दै आएका ३९ वर्षिय विष्णुबहादुर बिकलाई पाल्पा प्रहरीले पक्राउ गरेको हो ।

जेठ २३ गते दिउँसो १ बजेको समयमा रिब्दिकोट २ सानो दमक नजिकको खोल्सामा बलात्कार गरि फरार भएका बिकलाई सोमबार राती १० बजे रिब्दिकोट ६ तल्लो तालबाट पक्राउ गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

बलात्कृत किशोरीको आमाले दिएको किटानी जाहेरीका आधारमा बिकलाई मुझुङ प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पाल्पा बुझाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका बिकलाई जबर्जस्ती करणी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ५ : ५८ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै