१९ माघ २०८२, सोमबार | February 3, 2026

राज्यमन्त्री विमला वली विरुद्ध दाङमा उजुरी आए लगत्तै बुटवल पठाइयो



बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला वली बिरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा महिला तथा नाबालक कुटपिटको उजुरी परेको छ । मन्त्री वलीको प्रेमी भनिएका तुलसीपुर–५ स्थित एकराज बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेतले राज्यमन्त्री विमला वलीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएकी छन्।

मिनाले प्रहरीमा दिएको उजुरीमा मन्त्री विमला वलीले आफू र छोरीमाथि अनाहक घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभावी फालिदिएको भन्दै किटानी जाहेरी दिएको दाङ प्रहरीले जनाएको छ ।

आज बिहान मन्त्रलयको सरकारी गाडी र पिएसओ सहित दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डीस्थित एकराजको घर पुगेकी राज्यमन्त्री वलीले एकराज घरमा नभएको बेला उनका श्रीमती मिना तथा नाबालकलाई कटपिट गर्नुका साथै घरमा रहेको कपडा, झ्यालका पर्दाहरु तानेर छरपरस्त पारिदिएकी थिइन् । उग्ररुपमा बस्नेतको घरमा प्रवेश गरि कुटपिट गर्न थालेपछि स्थानीबासीले वलीलाई एकराजकै घरमा थुनिदिएका थिए । कालोमोसो लगाउने तयारीमा जुटेका स्थानीयलाई हटाउँदै प्रहरीले राज्यमन्त्री वलीलाई उद्दार गरेर इलाका प्रहरी कार्यालय तुलसीपुर पु¥याएको थियो ।

विमलाको प्रेमी भनिएका मिनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अर्काको घरभित्रै पसेर मंगलबार बिहान एकराज पत्नी मिना र उनकी नाबालिक छोरीमाथि कुटपिट गरेपछि झण्डै ४ घण्टा तुलसीपुर प्रहरी नियन्त्रणमा रहेकी स्वास्थ्य राज्यमन्त्री वलीलाई अपरान्ह बुटवल पठाइएको छ।

राज्यमन्त्री वलीलाई पक्राउ गरेको नभइ उत्तेजित स्थानीयबाट जोगाउन प्रहरीले उद्दार गरेको दाङ प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा आपसमा छलफल गराई विवाद साम्मे पार्ने प्रयासलाई स्थानीयबासीले असफल पारिदिएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरको गेटमा राज्यमन्त्री विमलाविरूद्ध नाराबाजी र प्रदर्शन हुन थालेपछि दिउँसो पौने १ बजेतिर राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराही पुर्‍याएको थियो।

वलीलाई दाङमा राखिरहँदा परिस्थिती बिग्रने जस्तो देखिएपछि प्रहरीले मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशन भन्दै वलीलाई बुटवल पठाएको हो । प्रहरी स्रोतका अनुसार मुख्यमन्त्री केसीले प्रहरी अधिकारीलाई फोन गरेर विमलालाई बुटवल पठाउन निर्देशन दिएका थिए।

राज्यमन्त्री विमलाले त्यस्तो हर्कत गर्नु पछाडिको कारण के थियोरु भन्ने बारेमा स्पष्ट जवाफ प्रहरी प्रशासनले पनि दिन सकेको छैन।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ६ : ४९ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली