१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु



सुर्खेत । कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका-५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए ।

पुन्नकलीको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुबैको ज्यान बचाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा.रत्नवीर सुनारले बताए ।

पुन्नकलीलाई बचाउनको लागि प्रहरीले रगत दिएको तर, बचाउन नसकिको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी सिद्धराज न्यौपानेले बताए ।

यसअघि पनि पुन्नकलीबाट जन्मिएका तीन बच्चा उल्टो अवस्थामा पेटमै मरेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ८ : १९ बजे

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्दै

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका

संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैन : क्रान्तिशिखा धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको

राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद ९डिपी० अर्यालले आज

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण