२० बैशाख २०८१, बिहिबार | May 3, 2024

वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनु अनिवार्य छ : योगेश भट्टराई



काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनु अनिवार्य रहेको बताएका छन् ।

मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले विगतको कुराहरुलाई समिक्षा गर्दै वामपन्थी, देशभक्त र अग्रगामी शक्तिहरु एकैठाउँमा आउनु अनिवार्य रहेको बताएका हुन । उनले वामपन्थी शक्तिहरु मध्ये मुख्य शक्ति नेकपा(एमाले) रहेको उल्लेख गर्दै वामपन्थी शक्तिहरु र समाजवादी आन्दोलनका पक्षधरहरु एमालेको नेतृत्वमा एकातिर हुनुपर्ने बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा पूँजीवादी विचारधारा बोक्ने राजनीतिक शक्तिहरु एकातिर हुनुपर्ने उनको तर्क थियो । सचिव भट्टराईले वामपन्थी शक्तिहरु एक ठाउँमा आउनुपर्छ भन्ने चर्चा चल्नु सैद्धान्तिक हिसाबले ठिक भएको भन्दै तत्कालै वामपन्थी एकता भइहाल्ने परिस्थिति भने निर्माण नभएको स्पष्ट पारे । उनले भने, – ‘अहिलेको गठबन्धन अराजनीतिक छ । यो गठबन्धन अनैतिक पनि छ । यो गठबन्धन बैचारिक हिसाबले पनि ठिक छैन । मुलुकको आवश्यकताको हिसाबले पनि विचारको, सिद्धान्तको, नीति, कार्यक्रम एउटै हुने अथवा त्यसमा कमसेकम नजिकको सम्बन्ध हुनेहरुको बिचमा एकता भयो भने त्यसले राजनीतिक स्थायित्व दिन्छ । शासकीय स्थायित्व दिन्छ । अहिले गठबन्धन गर्ने अनि बिचार, सिद्धान्त मिल्दैन, त्यसपछि सरकार कसले बनाउने, फेरी संसद भंग गर्दै जाने परिस्थिति निर्माण हुन्छ । यस्तो अवस्थामा विगतमा भएका कतिपय कुराहरुलाई समिक्षा गर्दै वामपन्थी, देशभक्त, अग्रगामी राजनीतिक शक्तिहरु एक ठाउँ आउनु अनिवार्य छ र त्यसको मुख्य शक्ति भनेको नेकपा(एमाले) हो । नेकपा(एमाले)को नेतृत्वमा देशका सबै वामपन्थी शक्तिहरु जो समाजवादी आन्दोलनको पक्षधर छन, त्यो एकातिर हुनुपर्छ । र नेपाली कांग्रेसको नेतृत्वमा पुँजिवादी विचारधारा बोक्ने राजनीतिक शक्तिहरु एकातिर हुनुपर्छ । यो बढी प्राकृतिक हुन्छ भन्ने मलाई लाग्छ । पछिल्लो दिनमा फेरीपनि वामपन्थी शक्तिहरु एक ठाउँ आउनुपर्छ भन्ने जुन चर्चा चलिरहेको छ । यो चर्चा चल्नु सैद्धान्तिक हिसाबले ठिक छ । तर अहिले तत्कालै वामपन्थी एकता भैहाल्ने, गठबन्धन भइहाल्ने परिस्थिति निर्माण भएको छैन ।’

सचिव भट्टराईले बर्तमान सरकार नीतिगत भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाए । अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई पैसा बटुल्ने माध्यम बनाएको भन्दै अर्थमन्त्री पदमा बस्न नमिल्ने उनले बताए । अर्थमन्त्रीले बजेट निर्माणताका अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दरहरु हेरफेर गरेर राष्ट्रघात गरेको उनले बताए । उनले भने – ‘गम्भिर आशंका के उठायो भने अर्थमन्त्री, उहाँको पार्टी अथवा यो सिंगो सरकार नै नीतिगत भ्रष्टाचारमा संलग्न छन । फिजिकल करप्शन भनेको तपाईलाई लगेर पैसा दिने हो । डिजिटल करप्शन भनेको कम्युटरमा हेरफेर गर्नु हो । कम्युटरमा हेरफेर गरेर ठुलो डिजिटल करप्शन भयो जसलाई हामी नीतिगत भ्रष्टाचार भन्छौँ । यो सरकारमा संलग्न राजनीतिक पार्टीहरु, अर्थमन्त्रीजी संलग्न पार्टीले चुनावमा पैसा उठाउनको निम्ति, चुनावमा जर्बजस्ती पैसाको प्रभाव बढाउनको निम्ति पैसा बटुल्ने माध्यम यो बजेटलाई बनाउनुभयो । त्यसमा हाम्रो आपत्ति हो । यस्तो अर्थमन्त्रीले अब नैतिक हिसाबले बस्न मिल्दैन । यो राष्ट्रघात हो । यदी प्रधानमन्त्रीजी यो पैसा उठाउने खेलमा संलग्न हुनुहुन्न भने प्रधानमन्त्रीजीले उहाँलाई बर्खास्त गर्नुपर्छ । यदी उहाँ संलग्न हुनुहुन्छ भने प्रधानमन्त्रीजीले पनि नैतिक हिसाबले बस्न मिलेन । यदी उहाँ हुनुहुन्न भने उहाँले अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्छ । र प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्छ ।’

भट्टराईले प्रधानमन्त्रीले तत्काल अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने बताए । यदि यो प्रक्रियामा प्रधानमन्त्रीको पनि संलग्नता भए प्रधानमन्त्रीपनि नैतिक रुपमा पदमा बसिरहन नमिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ८ : ४१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक