१८ चैत्र २०७९, शनिबार | April 1, 2023

दुई दिने सार्वजनिक बिदा आजदेखि खारेज



काठमाडौं । सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा आज देखि खारेज भएको छ ।

जेठ १ गतेदेखि लागू गरिएको सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय आज असार १ गते देखि खारेज भएको हो ।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा खारेज गर्ने निर्णय गरेको थियो । जसअनुसार अब सातामा आइतबार हुँदै आएको सार्वजनिक बिदा कटौती भएको छ ।

सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्न भन्दै सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय १३ वैशाखको मन्त्रिपरिषद् बैठकबाट गरेको थियो । जसको चर्को आलोचना भएको थियो । त्यसपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

दुई दिन सार्वजनिक बिदा दिने भएपछि कार्यालयमा समय बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कायम गरिएको थियो । अब कार्यालय समय पनि यसअघिकै अर्थात् बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको हुनेछ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : १२ बजे

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि