१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

दुई दिने सार्वजनिक बिदा आजदेखि खारेज



काठमाडौं । सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा आज देखि खारेज भएको छ ।

जेठ १ गतेदेखि लागू गरिएको सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय आज असार १ गते देखि खारेज भएको हो ।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा खारेज गर्ने निर्णय गरेको थियो । जसअनुसार अब सातामा आइतबार हुँदै आएको सार्वजनिक बिदा कटौती भएको छ ।

सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्न भन्दै सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय १३ वैशाखको मन्त्रिपरिषद् बैठकबाट गरेको थियो । जसको चर्को आलोचना भएको थियो । त्यसपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

दुई दिन सार्वजनिक बिदा दिने भएपछि कार्यालयमा समय बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कायम गरिएको थियो । अब कार्यालय समय पनि यसअघिकै अर्थात् बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको हुनेछ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : १२ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा